नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ‘डेन्जर जोन’ मा थिए । तर उनले यस पटक प्रत्यक्षतर्फ उम्मेदवार नहुने निर्णय लिँदै समानुपातिकतर्फ उम्मेदवार बन्ने निधो गरेका छन् । उनको यो निर्णयलाई कांग्रेसकै कतिपय कार्यकर्ताले अनौठो मानेका छन् ।निधिको निर्वाचन क्षेत्र धनुषा–३ मा ‘हेभी वेट’ प्रतिस्पर्धाको अपेक्षा थियो । किनकि सोही निर्वाचन क्षेत्रबाट लोसपाका नेता राजेन्द्र महतो पनि उम्मेदवार बन्दैछन् । अघिल्लो निर्वाचनमा महतोले नै निध