पुनर्निर्माणमा बेवास्ता

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको २ महीना बिते पनि पुनर्निर्माणको काम शुरू नभएको मात्र होइन, कुन मोडलमा कसरी पुनर्निर्माण गर्ने भन्ने कुरासमेत सरकारले तय गर्न सकेको छैन । अस्थायी बसोवासको व्यवस्थासमेत राम्ररी मिलाउन नसक्दा जाडो यामको कठिनाइसँग पीडितहरू जुधिरहेका छन् र केहीको ज्यानसमेत गइसकेको छ । भूकम्पमै परेर ज्यान जाँदा सरकारले केही गर्न सकेन, यसमा त्यति दोष दिन मिल्दैन तर उद्धार कार्य सकिएपछि पीडितले उचित बसोवासको सुविधा नपाएर ज्यान गुमाउनु भनेको पूर्णतया सरकारको दोष हो । त्यसमा पनि पुनर्निर्माणका लागि कुनै मोडालिटी तय गर्न नसक्नु कमजोरी मात्र होइन, गैरजिम्मेवारी पनि हो ।  जाजरकोटमा करीब ३५ हजार घर प्रभावित भएका छन् भने रुकुमपश्चिममा ३१ हजार र सल्यानमा १ हजार ७४३ घरमा क्षति पुगेको छ । विद्यालय, स्वास्थ्य भवनलगायत सरकारी भवनहरूमा पनि क्षति पुगेको छ । खासगरी विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित भएको छ । सानो क्षेत्रमा प्रभाव परे पनि अस्थायी बसोवास, पुनर्निर्माण आदि कार्यमा सरकारले प्रभावकारी ढंगले काम गर्न सकेको देखिँदैन । २०७२ सालमा गएको गोर्खा भूकम्पले गरेको क्षति र प्रभाव पारेको क्षेत्र अहिलेको दाँजोमा निकै बढी भए पनि त्यति बेला तीव्र गतिमा क्षतिको मूल्यांकन भएको थियो र पुनर्निर्माणका लागि पहल पनि भएको थियो । तर, अहिले सानो क्षेत्रमा क्षति पुगे पनि सरकारको काम प्रभावकारी देखिएको छैन । सानो क्षेत्रमा मात्रै प्रभाव परेकाले त्यो समस्या नै होइन कि भनेजस्तो सरकारी सोचाइ देखिन्छ । यो गलत हो, किनभने जो भूकम्पबाट पीडित छन् तिनका लागि यो निकै ठूलो समस्या हो । यस्तो समस्यामा परेकालाई राज्यले आश्रयको अनुभूति दिन सक्नुपर्छ । अहिलेको भूकम्पमा राज्य यो दायित्व पूरा गर्न चुकेको अनुभूति हुँदै छ । सामान्य अवस्थामा राज्यले केही गर्नु पर्दैन, आफै जेजस्तो सकिन्छ त्यो काम गरेर नागरिकहरूले आआफ्नो जीवन चलाएकै हुन्छन् । अप्ठ्यारो पर्दा पनि सहयोग पाइएन भने राज्यप्रति गुनासो मात्र होइन, विद्रोहको भाव पनि जन्मन सक्छ भन्ने कुरामा सरकारको ध्यान जानु आवश्यक छ । सरकारले पुनर्निर्माणको मोडालिटी नबनाउँदा कसरी पुनर्निर्माण गर्ने भन्नेमा पीडितहरू अन्योलमा परेका छन् । कमसे कम केही मोडल र नीति बनाइदिए उनीहरूले आफै पनि पुनर्निमाणका लागि काम थाल्न सक्थे, राज्यको सहयोग कुरेर ज्यानै फाल्नुपर्ने अवस्था आउने थिएन । तर, सरकारभित्र नै अन्तरविरोध देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माणका लागि १० अर्ब रकम छुट्ट्याएको बताए पनि १ अर्ब मात्रै पीडितको हातमा पुग्दा दु:ख लागेको बताउनुभएको छ । प्रधानमन्त्रीको भनाइ स्रोतको अभाव नभएको छ भने अर्थमन्त्री डा. प्रकाशशरण महत स्रोतको खोजी भइरहेको बताउँछन् । अर्थमन्त्रीको भनाइमा झन्डै ७३ अर्ब रुपैयाँ पुनर्निर्माणका लागि लाग्छ । त्यो स्रोत जुटाउन लागिपरेको उनको भनाइ छ । स्रोत जुटाउन पनि क्षतिको पूर्ण विवरण र पुनर्निर्माणको मोडालिटी तथा लागतबारे सहयोगदाताहरूसमक्ष प्रस्तुत गर्न सक्नुपर्छ । यसका लागि अर्थमन्त्रीले कुनै तयारी गरेको देखिँदैन । गोर्खा भूकम्पमा प्राप्त अनुभवलाई सरकारले कतै पनि प्रयोगमा ल्याएको छैन । अर्थात् त्यसबाट सरकारले केही पनि सिकेको रहेनछ भन्ने देखिन्छ । हुन त नेपालमा संस्थागत संस्मरणको पद्धति नै बसेको छैन । त्यसैले नयाँ व्यक्तिले जिम्मेवारी सम्हालेपछि पुरानाको कुरालाई निरन्तरता दिने र त्यसको जिम्मेवारी लिने प्रचलन नै छैन । अहिले भूकम्पमा पनि त्यस्तै भएको छ ।  गोरखा भूकम्पमा पुनर्निर्माण गर्दा स्थानीय स्रोतको प्रयोग गरिएन । त्यसैले पुनर्निर्माणको लागत बढी भयो । घर निर्माणमा परम्परागत शैली पूरै हरायो । अहिले त्यस्तो गर्नु हुँदैन भन्ने भनाइ आइरहेको छ । त्यस्तै जाडोमा अस्थायी बसोवास पनि नपाएका पीडितलाई तत्काल न्यानो आवासको आवश्यकता छ । तर, प्रधानमन्त्री र अर्थमन्त्रीको विरोधाभासपूर्ण अभिव्यक्तिले पुनर्निर्माणप्रतिको उपेक्षालाई मात्र देखाउँदैन, यसले पीडितले चाँडै नै स्थायी बसोवास पाउन नसक्ने अवस्थालाई समेत संकेत गर्छ । प्रधानमन्त्री र अर्थमन्त्रीबीच तालमेल मिलेन भने यो वेस्टमिनिस्टर शैलीको सरकार होइन भन्न सकिन्छ । यस्तो सरकारमा प्रधानमन्त्री नै सर्वेसर्वा हुन् । तर, प्रधानमन्त्रीका कतिपय अभिव्यक्ति हेर्दा प्रधानमन्त्रीको शक्ति नै नभएको जस्तो प्रतीत हुन्छ जुन गलत हो । प्रधानमन्त्री र अर्थमन्त्रीबीचको सम्बन्ध राम्रो छैन भन्ने चर्चालाई पनि फरकफरक कुराले सतहमा ल्याइदिएको छ ।

सम्बन्धित सामग्री

मेलम्ची पुनर्निर्माणमा सरकारको बेवास्ता, पानी वितरण ५ महिनादेखि बन्द

झन्डै ७० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको मेलम्ची खानेपानी आयोजनाले पछिल्लो तीन वर्षयता बाढीपहिरोको मारसँगै सरकारी उपेक्षासमेत खेपिरहेको छ । गत साउनमा बाढीले ल्याएको ग्रेगानले मुहान क्षेत्रमा असर पुगे पनि सरकारले पुनर्निर्माणमा बेवास्ता गरेको हो, जसका कारण काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण पाँच महिनादेखि बन्द छ ।

काष्ठमण्डप फेरि पुनर्निर्माणको माग

काष्ठमण्डप पुनर्निर्माणमा हेलचेक्य्राइँ र भ्रष्टाचार भएको भन्दै फेरि पुनर्निर्माणको माग गरिएको छ । शताब्दीयौं पुरानो संरचनाको संवेदनशील अवस्थाको बेवास्ता गरी बनाइएको भन्दै अभियन्ता वीरेन्द्रभक्त श्रेष्ठले पुन: पुनर्निर्माण गर्न माग गरेका हुन् ।

डोटी भूकम्पको ६ महिना : क्षतिग्रस्त संरचना पुनर्निर्माणमा सरकारको बेवास्ता

डोटी – डोटीमा भूकम्प गएको छ महिना बितिसक्दा समेत भूकम्पले क्षतिग्रस्त भएका संरचना मर्मत र पुनर्निर्माणमा सरकारको ध्यान पुगेको छैन । यहाँका कैयौँ भूकम्प पीडित अहिले पनि त्रिपालमुनि र केही पीडित जोखिम मोलेर भत्किएकै घरमा बस्न बाध्य छन् । क्षतिग्रस्त संरचनाको मर्मत र पुनर्निर्माणका लागि सरकारी क्षेत्रबाट पहल नचालिँदा पीडित समस्यामा छन् । गएको कात्तिक २३ गते राति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पले पु¥याएको क्षतिको विस्तृत तथ्याङ्क सङ्कलन गर्न पुनर्निर्म...

कमला नदीको पुल पुनर्निर्माणको माग गर्दै सिरहा प्रशासनमा धर्ना

सिरहा हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीको पुल पुनर्निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहामा आज सोमबार धर्ना दिएका छन् । उद्घाटनको लागि ठिक्क पारिएको भनिएको पुल भासिएको १८ महिना बितिसक्दा पनि पुनर्निर्माणमा बेवास्ता गरेको भन्दै प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।धर्नापश्चात् सङ्घर्ष समितिका संयोजक समेत रहेका लेखक तथा सामाजिक अभियन्ता रामरिझन यादवले आ–आफ्नै प्रकारले कमलाको पुल बन्नु पर्छ भनेर लेख्न र बोल्ने गरे पनि अझै संयुक्त आवाज ब

शिक्षा मन्त्रालयका बेबारिस कागजात

शिक्षा मन्त्रालयले आफ्ना पुराना कागजात वर्षौंदेखि बेवारिस छाड्दा केशरमहलको पुनर्निर्माणमा समेत अवरोध पुगेको छ । निर्माण कम्पनीले पुराना कागजातसहित काठपात हटाउन पटक/पटक ताकेता गरे पनि मन्त्रालयलगायत सरोकारवाला निकायले बेवास्ता गरेको गुनासो गरेको छ । केशरमहल परिसरमा शिक्षा मन्त्रालयसँग सम्बन्धित पुस्तक, प्रतिवेदन, निर्णयपुस्तिका, टिप्पणी, फाइल लगायत अन्य कागजात गलिसकेको अवस्थामा भेटिएको छ ।

फोटोफिचर: शिक्षा मन्त्रालयका बेबारिस कागजात

शिक्षा मन्त्रालयले आफ्ना पुराना कागजात वर्षौंदेखि बेवारिस छाड्दा केशरमहलको पुनर्निर्माणमा समेत अवरोध पुगेको छ । निर्माण कम्पनीले पुराना कागजातसहित काठपात हटाउन पटक/पटक ताकेता गरे पनि मन्त्रालयलगायत सरोकारवाला निकायले बेवास्ता गरेको गुनासो गरेको छ । केशरमहल परिसरमा शिक्षा मन्त्रालयसँग सम्बन्धित पुस्तक, प्रतिवेदन, निर्णयपुस्तिका, टिप्पणी, फाइल लगायत अन्य कागजात गलिसकेको अवस्थामा भेटिएको छ ।

हात्तीले क्षति पुर्‍याएको मणिकाधाम पुनर्निर्माणमा बेवास्ता

कञ्चनपुर : नेपाल भ्रमण वर्षको औपचारिक सुरु भए पनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेको फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र मणिका धामका क्षतिग्रस्त भौतिक संरचना पनुर्निर्माणमा सरोकारवाला निकायको ध्यान गएको छैन। जंगली हात्तीको बथानले पर्यटकीय क्षेत्रमा रहेका भौतिक संरचनामा क्षति पुर्‍याएको छ। आन्तरिक र भारतीय ...

रानीपोखरीमा तीन करोड डुब्ने डर

रानीपोखरी पुनर्निर्माणका नाममा काठमाडौं महानगरपालिकाले खर्चेको करिब तीन करोड रुपैयाँ डुब्ने भएको छ।पुरातात्त्विक महत्त्वलाई बेवास्ता गर्दै महानगरले पुनर्निर्माण सुरु गरेकाले हालसम्म खर्चेको रकम डुब्ने भएको हो । रानीपोखरी पुनर्निर्माणमा विवाद भएपछि गठन गरिएको विशेषज्ञ समितिले रानीपोखरीमा हालसम्म निर्माण भएका सबै संरचना भत्काउन सुझाव दिएकाले हालसम्म खर्च गरिएको रकम खेर जाने भएको छ।