सिमकोट- हिल्दुम् विद्युत वितरण केन्द्रले हुम्लामा लोडसेडिङको समय बढाएको छ। वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णका अनुसार पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्राेत कम भएको हुँदा लोडसेडिङ तालिका बढाइएको हो। उनले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक आठ घण्टा लोडसेडिङ गर्नु परिरहेको बताएका हुन्। यसअघि चारदेखि पाँच घण्टा मात्र लोडसेडिङ […]