रोबर्ट लेवान्डोस्कीले सुरुवाती २३ मिनेटमा ह्याट्रिक पुरा गरेपछि बायर्न म्युनिखले रेड बुल साल्जबर्गलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा १ सयौँ खेल खेलिरहेका पोलिस खेलाडीले २१ मिनेटभित्र दुईवटा पेनाल्टीलाई गोलमा परिणत गरे भने लगत्तै अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।च्याम्पियन्स लिगको सुरुवाती २३ मिनेटभित्र कसैले ह्याट्रिक गरेको यो पहिलो अवसर हो । तर यो सबैभन्दा चाँडो ह्याट्रिक भने थिएन । सन् २०११ मा लियोनले डाइनामो जाग्रेबलाई ७-१ गोलले हराउने