उत्तर कोरियाले आइतवार क्षेप्यास्त्र परीक्षण गरेको छ । सन् २०२२ को सातौं परीक्षण अमेरिकाका राष्ट्रपति जो बाइडनको कार्यकालको सबभन्दा शक्तिशाली परीक्षण भएको बताइन्छ ।
आफूमाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाउनका लागि उत्तरले लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।
आजको क्षेप्यास्त्र परीक्षणले जापानलाई तर्साएको छ । जापानी अधिकारीहरूको आरम्भिक आकलनका अनुसार, क्षेप्यास्त्र अधिकतम दुई हजार किलोमिटरको उचाइमा पुगेको थियो । अनि समुद्रमा खस्नुअघि त्यो ८०० किलोमिटर टाढासम्म पुगेको थियो । सन् २०१७ पछि उत्तरले सबभन्दा लामो दूरीको...