अर्थतन्त्रलाई बचाउन प्रविधि आयात, वस्तु र सेवा निर्यात आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई

चैत १७, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले  मुलुकको अर्थतन्त्रलाई बचाउन प्रविधि आयात गर्ने  तथा वस्तु र सेवा निर्यात गर्ने अर्थतन्त्र आवश्यक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले श्रम निर्यात  र वस्तु आयात गर्ने अर्थतन्त्रको आवश्यकता मुलुकका लागि नचाहिएको बताए । एउटा फरक प्रसंगमाा नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको भन्दै उनले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरुले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहको बताए । उनले नेपाल विश्वका शक्तिशाली देशहरुको चासो बनेको भन्दै यो परिस्थितिलाई समयमै आकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनु पर्ने बताए । पूर्व प्रधानमन्त्री भट्टराईले युक्रेनको घटनाबाट पाठ सिकेर सबै देशसँग सन्तुलित सम्बन्ध कायम नगर्ने हो भने देश ठूलो दुर्घटनामा जानसक्ने बताए । पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘राष्ट्रिय राज्यहरु रहुन्जेसम्म राष्ट्रियतको प्रश्न अहम रहन्छ । र पछिल्लो समयमा जसरी नेपालको छरछिमेकको भूराजनीतिक बदलिँदो छ, विश्व राजनीतिसँगै भूराजनीति बदलिँदो छ । एउटा नयाँ शीतयुद्धको छायाँ प्रतिछायाँ मडारिँदै छ । खास गरी भारत, चीन, अमेरिकाका बीचका सम्बन्धहरुले हाम्रो आन्तरिक सम्बन्धलाई समेत प्रभावित पार्ने जुन परिस्थिति बन्दै गएको छ, यसलाई हामीले बेलैमा आँकलन गरेर राष्ट्रिय समझदारी बनाउनै पर्छ ।’

सम्बन्धित सामग्री

अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उहाँले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील …

अर्थतन्त्र ठिक ठाउँमा ल्याउन सकिन्छ : मन्त्री पाैडेल

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताउनुभएको छ ।  आज बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार सङ्घसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताउनुभएको हो । उहाँले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताउनुभयो ।  अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन ...

संकटमा अर्थतन्त्र, नेताहरुमा सत्ता स्वार्थ मात्र !

काठमाडौँ : पाँच वर्षअछि झण्डै दुईतिहाई बहुमत ल्याएका बेला वाम गठबन्धनका नेताहरुलाई सबैभन्दा पेचिलो प्रश्न तेर्सिएको थियो, अर्थतन्त्र संकट । किनभने त्यतिबेला अर्थतन्त्रको ढुकुटी रित्तो थियो । अर्थ सरोकारका विषयमा खरो टिप्पणी गर्ने हरि रोका भन्थे, ‘ढुकुटी रित्तो छ । ठूलो बहुमत ल्याएर देश कसरी चलाउँछौ ? जबकी देश चलाउन चाहिने अर्थतन्त्र डामाडोल छ ।’ […]

पदभारपछि अर्थमन्त्री शर्माले भने–देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध छु

नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले आफू देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध रहेको बताएका छन् । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दे मन्त्री शर्माले नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर आत्मनिर्भरको अवस्थामा लग्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।विश्वको आर्थिक अवस्थामा समस्या रहेको भन्दै उनले यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सबलीकरण गर्नु आवश्यक रहेको बताए । ‘नयाँ आर्थिक वर्ष भर्खरै प्रारम्भ भएको छ । हामीले नयाँ बजेट तयार गरेका थियौ । त्यो पारित भएर कार्या

अर्थ मन्त्रालयलाई गाली गर्नु आवश्यक छैन, खर्च गर्ने संरचनामै समस्या छ : हरि रोका

अर्थ राजनीतिक विश्लेषक हरि रोकाले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनुपर्ने बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उनले मुलुकको...

यो सरकार बनेपछि अर्थतन्त्र संकटग्रस्त, अर्थ प्रणाली अदृश्य तत्वको हातमा : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन सरकार बनेपछि मुलुकको अर्थतन्त्र संकटग्रस्त बन्दै गएको आरोप लगाएको छ । आफूले सरकार छाड्दा अर्थतन्त्र सुदृढ रहे पनि नयाँ सरकार बनेलगत्तै अर्थतन्त्रमा विकृति सुरु गरिएको...

अर्थतन्त्र सामान्य छ, एमालेले बेमौसमी बाजा बजायो : अर्थ मन्त्रालय

काठमाडौं : कोरोना महामारीअघि अर्थात् सन् २०२० मा देशको मुद्रास्फीति वस्तु तथा सेवा आयातलाई १३ महिनासम्म धान्न सक्ने अवस्थामा थियो। अहिले ६ महिनासम्म मात्र धान्न सक्ने अवस्थामा रहेको अर्थ मन्त्रालय बताउँछ। अहिले युक्रेन रुस युद्धलगायत कारणले डलर र तेलको मूल्य बढेको, कोरोना महामारी सकिएसँगै आयात र व्यापार घाटा बढ्दा आयातमा आधारित अर्थतन्त्र संकटको डिलमा पुगेको अर्थविदहरूले बताइरहँदा मुलुकको सम्पूर्ण अर्थ व्यवस्थाको नेतृत्व गरिरहेको अर्थ मन्त्रालय भने त्यो स्विकार्न तय

अर्थतन्त्र जोगाउने जिम्मा अर्थ मन्त्रालयको

अर्थतन्त्रलाई बाटो देखाउने काम अर्थ मन्त्रालयको हो र राष्ट्र बैंक अर्थमन्त्रालयको सल्लाहकार मात्र हो । लामो समयदेखि नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहँदै आएको छ । राजनीतिक अस्थिरताले सरकार परिवर्तन भएपिच्छे अर्थमन्त्री पनि परिवर्तन हुने तथा कुनै सरकारले पनि अर्थतन्त्रलाई ध्यान नदिएका कारण नेपाली अर्थतन्त्र युवायुवतीले विदेशमा श्रम गरेर पठाएको रेमिट्यान्स तथा केही पर्यटन आयबाट धानिएको […]

अर्थ समितिमा अर्थमन्त्री : अर्थतन्त्र नजानेको भन्नेलाई देखाइदिन्छु

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूमाथि आलोचना गर्नेलाई कडा जवाफ फर्काएका छन् । आज (बिहीबार) प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले आफूले गरेका कामको प्रतिरक्षा र आलोचकमाथि निशाना एकैसाथ साँधे । अर्थ समितिले अर्थतन्त्रको वर्तमान अवस्था, देखिएका चुनौती, अर्थ मन्त्रालयका काम कारबाही र भावी योजना लगायतका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल चलाएको थियो । समितिले आयोजना गरेको छलफलमा अर्थमन्त्री शर्मा र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधि

आर्थिक बृद्धिदर बाहेकका अधिकाशं सूचकांक सकारात्मक छन्– अर्थ सचिव ढुंगाना

चालु आर्थिक वर्षमा लिइएको लक्ष्यमध्ये आर्थिक वृद्धिदरको लक्ष बाहेक अधिकांश परिसूचक सकारात्मक रहेको अर्थ मन्त्रालयले जनाएको छ ।  आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिर ढुंगानाले अर्थतन्त्र धेरै जोखिममा नभएको बताएका हुन् ।  चालु आर्थिक वर्षमा ७ प्रतिशतको लक्ष्य राखेकोमा ५ प्रतिशत हुनसक्ने अनुमान गरिएको उनले बताए । गत फागुन सम्ममा ४ दशमलव ४ भनेपनि औषतमा ५ प्रतिशतमा हुनसक्छ भन्ने अनुमान रहेको उनले बताए ।  कोभिडको दोस्रो लहरका कारण केही हदसम्म अर्थतन्त्र शिथि...