अमेरिकी राष्ट्रपति एक कायर शासक भएको उत्तर कोरियाले दाबी गरेको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो मृत्यु आफैँ निम्त्याइरहेको बताउँदै उत्तर कोरियाली सञ्चार माध्यहरूले नेता ट्रम्पले उत्तर कोरिया सीमा क्षेत्रको भ्रमण स्थगित गर्नु कायरता एक उदाहरण भएको बताएका छन् । गत साता एसियाको भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया सीमा क्षेत्रको भ्रमण आकस्मिक रूपमा स्थगित गरेका थिए ।