काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा स्तरीकृत प्रणालीबाट सञ्चालन गर्ने भएको छ। परीक्षा प्रणालीलाई व्यवस्थित पार्न भन्दै बोर्डले यस्तो प्रणाली लागु गर्न लागेको हो।गत पुस ९ गते बोर्डको अध्यक्षमा डा.महाश्रम शर्मा नियुक्त भएपछि उनले यो मुद्दालाई अगाडि बढाएका थिए। उनले अब हुने एसइई परीक्षाबाटै यो प्रणालीबाट सञ्चालन गर्ने बताए।‘तीन बिषयको प्रश्नपत्र स्तरीकृत हुन्छन, टेस्टेड प्रश्नपत्र हुन्छन्, अब चालु एसइई परीक्षादेखि नै लागू हुने छ,’