१२औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु ( फोटोफिचर)

काठमाडौं । महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन् । बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन् । उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन् । सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन् ।  The post १२औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु ( फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मिटरब्याज पीडितको आन्दोलन अब बालुवाटार केन्द्रित

२३ फागुन, काठमाडौं । २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितले आफूहरुको आन्दोलनलाई बेवास्ता गरेको भन्दै अब बालुवाटार केन्द्रित आन्दोलन सुरु गर्ने बताएका छन् । बुधबार मिटरब्याज पीडितहरु भृकुटीमण्डपबाट नारा जुलुस गर्दै बालुवाटारतर्फ अघि बढ्दा प्रहरीले अवरोध गरेको छ । दिउँसो १२ बजेसम्म प्रहरीले उनीहरुलाई भृकुटीमण्डपमै रोकेको थियो । बालुवाटारतर्फ मिटरब्याज पीडितको समूह अघि […]

संसदमा राप्रपाले आफ्ना मागहरु यथावत राख्ने

२३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार परिवर्तन भएता पनि संसदमा उठाउँदै आएका मागहरु यथावत राख्ने भएको छ । मिटरब्याज पीडितहरु, लघुवित्त पीडितहरुको माग सम्बोधनका लागि राप्रपाले सरकारलाई दबाब दिंदै आएको छ । यसअघि यही फागुन १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपाले यी विषयहरुलाई सरकारले सम्बोधन नगरे संसद अवरोध गर्ने बताएको थियो […]

गृहमन्त्री श्रेष्ठको भूमिकाले मिटरब्याज पीडितहरु संसदमा

गृहमन्त्रीले उनका मागलाई सुनुवाइ गर्नुको साटो संसद भवनभित्रै पसेर नाराबाजी गराउन भूमिका खेलेका छन् ।

मिटरब्याज पीडितहरु आन्दोलनका लागि आज काठमाडौँ आइपुग्दै - NepaliPatra

काठमाडौँ । न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै पैदलयात्रा मार्फत काठमाण्डौ आइपुग्दैछन् । उनीहरु आज काठमाडौँ छिर्ने तयारीमा छन् । पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । […]

सिडिओ अफिस ठूलो लुटको अड्डा बन्दैछ : प्रभु साह (भिडिओसहित)

काठमाडौं, २१ पुष । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मिटरब्याज पीडितहरुको नाममा जिल्ला प्रशासन कार्यालयमा लुट भैरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले सिडिओहरुको कानूनविपरितको मनोमानीले मिटरब्याज पीडितहरु झनै पीडित बनेको दाबी गरेका हुन् । उनले भने,‘अदालतमा सुनुवाई हुने इस्यु, जबरजस्ती सिडिओ अफिसमा लगिएको छ । नेपालको कानूनले […]

२८ दिनदेखि अशान्त छ शान्तिवाटिका

यी २८ दिनमा मिटरब्याज पीडितहरु कहिले सिंहदरबार अगाडि पुग्छन्, कहिले संसद भवन अगाडि त कहिले प्रधानमन्त्री निवास अगाडि । जहाँ पुगेपनि पीडितहरु साँझ ओत लाग्न भने शान्तिवाटिकास्थित पाटीमा फर्किन्छन् ।

मिटरब्याज पीडितहरु ४५ दिनदेखि आन्दोलनरत, माइतीघरमा दिए धर्ना

काठमाडौं । मिटरब्याज पीडितहरुले शुक्रबार ४५ औं दिन पनि काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् । आफुहरुलाई समस्यामा पार्नेहरुलाई कारबाही नगरेसम्म धर्ना नछाड्ने उनीहरुको भनाई छ । आन्दोलनरत मिटरब्याज पीडितहरुको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउने क्रम पनि जारी छ । […]