स्पेनिस कोपा डेल रे फुटबलमा लालिगा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले सहज जित निकाल्दा अर्को दाबेदार बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ।बार्सिलोनाले लिनरेस डिपोर्टिभोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दा रियलले अलकोयानोलाई ३-१ ले पराजित गर्यो।गत सिजन अलकोयानोसँग २-१ ले स्तब्ध भएको रियल यो पटक भने सहज जित निकाल्न सफल भयो। रियलका लागि मिलिटाओले ३९औँ मिनेटमा पहिलो गोल गरेका थए। तर अलकोयानोले ६६औँ मिनेटमा बराबरीमा खेललाई फर्काए तर एसेन्सियोले ७६औँ मिनेटमा टीमलाई अग्रता दिलाउँदा तेस्रो गोल