काठमाडौं। कोपा डेल रे उपाधिका लागि बार्सिलोनाले आज एथलेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्दै छ। गत वर्ष फाइनलमा रियाल सोसिडाडसँग पराजित भएको एथलेटिक विल्बाओ यसपटक उपाधि जित्न चाहन्छ। बार्सिलोना भने २०१७/१८ को सिजनपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्ने लक्ष्यमा छ। विल्बाओ पछिल्लो ६ खेलमा जित्न सकेको छैन। बार्सिलोना पछिल्लो खेलमा रियालसँग पराजित भएको थियो।