भागरथीको बलात्कार र हत्या आरोपी दिनेश भट्ट सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आरोपीले भागरथीलाई घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएको सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताउनुभयो । डीआईजी सुवेदीका अनुसार दिनेशले शुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उहाँको भनाइ छ । डीआईजी उत्तमराज सुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताउनुभयो । घटनामा दिनेशको मात्रै संलग्नता पाइएको उहाँको भनाई छ । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ । अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि थप तथ्यहरु बाहिर ल्याउने सुवेदीले बताउनुभयो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।

सम्बन्धित सामग्री

एमालेले बलात्कार आरोपीको टिकट खोस्यो, हत्या अभियोगमा फरारलाई दियो

एमालेमा बलात्कार आरोपीको टिकट खोसिएको छ भने हत्या अभियोगमा फरार सूचीमा रहेकाले टिकट पाएका छन् । हत्या आरोपी

रिहाइ

‘बलात्कारका आरोपी फलानो जिल्ला फलानो नगरपालिका बस्ने वर्ष ३० का बलात्कारपछि हत्या गरिएका भनिएका आरोपी श्रीसँग बलात्कार गर्ने हतियार नै नभएको प्रमाणित भएकाले निर्दाेष ठहर गरी रिहाइ गरिएको छ।’...

लेटाङ घटना : महिला प्रहरी हत्या आरोपमा २० जना विरुद्ध मुद्दा

महिला प्रहरी उर्मीला श्रेष्ठको हत्या आरोपमा  मोरङ प्रहरीले २० जनालाई पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालेको छ । ६ चैत साँझ मोरङको लेटाङमा बलात्कार आरोपी शिक्षकलाई नियन्त्रणमा लिन जाँदा स्थानीय...

लेटाङकी बालिका हत्या आरोपी गिरीको घरमा आक्रोशित समूहद्वारा आगजनी

मोरङ – मोरङको लेटाङ नगरपालिकाको ज्यामिरे ८ की करुणा राईका हत्यारा दीपक गिरीको घरमा आक्रोशित समूहले आगजनी गरेको छ। गत बुधबार विद्यालयबाट घर फर्कने क्रममा जंगलको बाटोमा एक्लै पारेर १२ वर्षीया करुणालाई लेटाङ–८ का ६४ वर्षीय गिरीले बलात्कार गरी हत्या गरेर जंगलमा शव गाडेका थिए। घटना भएको भोलिपल्ट शुक्रबार प्रहरी अनुसन्धानका क्रममा नाबालिकाको शव जंगलमा […]

बलात्कार प्रतिकार गर्दा सन्तोषीको हत्या, आरोपी सार्वजनिक

काठमाडौं : प्रहरीले दक्षिणकाली मन्दिर परिसरमा हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई सार्वजनिक गरेको छ।महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर तिमल्सिनालाई सार्वजनिक गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख  चन्द्रकुवेर खापुङले पत्रकार सम्मेलन गर्दै  बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको हत्या तिम्सिनाले गरेकाे अनुसन्धानबाट खुलेको जानकारी दिए।उनका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-१४ घर भ

बलात्कार प्रतिकार गर्दा सन्तोषीको हत्या, आरोपी सार्वजनिक

काठमाडौं / जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको हत्या गर्ने आराेपी प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकाे छ । प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भएका २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको हाे । सुब्बाको बलात्कार प्रयासपछि हत्या गरिएको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ । जबरजस्ति गर्ने क्रममा सन्तोषीले... The post बलात्कार प्रतिकार गर्दा सन्तोषीको हत्या, आरोपी सार्वजनिक appeared first on Purbeli News.

एक महिनाअघि बलात्कार गरी हत्या गर्ने पक्राउ

झण्डै एक महिनाअघि एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोपी भर्खरै पक्राउ परेका छन्। गत चैत ११ गते साँझ ६ः३० बजे मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरी हत्या गरेको आरोपमा २४ वर्षीय राजु अछामे पक्राउ परेका हुन्।

बैतडीकी भागरथीको अन्त्येष्टि हुँदै

बैतडी– बैतडीकी भागरथी भट्टको शव आफन्तले बुझेको छ । बलात्कार र हत्या गर्ने अपराधी पक्राउ नपरि शव नबुझ्ने अडान लिएको परिवारले अपराधको आरोपी पक्राउ परेसँगै शव बुझेको हो । आफन्तले शव बुझेर गोठलापानीबाट सेरासम्म शवयात्रा गरी महाकाली नदीको छेउको आर्यघाटमा दाहसंस्कार गरिरहेका छन् । गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो । प्रहरीले १३ औँ दिनमा भागरथीको हत्याको आरोपमा त्यही ठाउँका एक किशाेरल...

भागरथी हत्या प्रकरण : सरकारी वकिल समक्ष दिनेशले भने–बलात्कार पनि गरेको हुँ

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की किशोरी भागरथी भट्टलाई बलात्कार समेत गरेको आरोपी दिनेश भट्टले स्वीकारेका छन् । सरकारी वकिल समक्ष बिहीबार दिएको बयानका क्रममा उनले आफूले बलात्कार समेत गरेको स्वीकारेको स्रोतले लोकान्तरलाई बतायो । ‘उनले आफ्ना बाबुको रोहवरमा सरकारी वकिललाई दिएको बयानमा बलात्कार गरेको स्वीकारेका छन्,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘उनले एक पटक वीर्य स्खलन भएको समेत बताएका छन् । बयानका क्रममा साक्षी बसेका दिनेशका बुबाले छोराले बोलेको कुरा साँचो रहेको भनि सहीछाप गरेको स्रोतको भनाइ ...