पालुङटार नगरपालिका–९ स्थित कालिज फर्ममा सोमबार चितुवा पसेको छ । गोरखा अर्गानिक एग्रो फर्मद्वारा सञ्चालित कालिज फर्मको जाली तोडेर पसेको चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
धनगढी – डोटी जिल्लाको एक घरभित्र चितुवा पसेको छ। सायल गाउँपालिका–५ पटकानी टोलको देवबहादुर बोगटीको घरमा चितुवा पसेको हो। चितुवा घरभित्रै पसेपछि स्थानिय त्रसित बनेका छन्। घरभित्र पसेको चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यलय डोटीको टोली पुगेको छ। चितुवा गाउँमा प्रवेश गरेर घरभित्रै पसेपछि गाउँमा त्रास बढ्नुका साथै गाउँलेहरुको भागभाग भएको हो। अहिलेसम्म चितुवाले कुनै […]
इटहरी । इटहरीमा एकाबिहानै चितुवा देखा परेको छ । इटहरीको जुट विकास टोलमा बिहान ५ बजेतिर चितुवा आएपछि स्थानीय त्रसित बनेका छन् । चेपमा लुकेर बसेको चितुवा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी, सशस्त्र प्रहरी, जिल्ला वन कार्यालयका कर्मचारी खटिएका छन् । त्यस्तै कोशी टप्पु वन्य जन्तु आरक्षबाट विज्ञ टोली पनि परिचालित छन् । […]
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासस्थित बसोबास रहेको क्षेत्रमा आज बिहान चितुवा पसेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी- ६ को जुट विकास क्षेत्रमा बिहानै चितुवा देखिएको थियो । बस्तीमा चितुवा आएपछि स्थानीय त्रसित बनेका छन् । चितुवा देखिएसँगै पक्रन नेपाल प्रहरी र...
बर्दिया : बर्दियामा आइतबार राति चितुवाले २२ वटा खसीबाख्रा मारेको छ। गुलरिया नगरपालिका–५ सन्तोषी टोलका चन्द्रकान्त पौडेलको बाख्रा फर्ममा छिरेर चितुवाले खसीबाख्रा मारेको हो। पौडेलले सञ्चालन गरेको वृष पशुपक्षी तथा बाख्रा पालन फर्ममा राति चितुवा पसेर खसी तथा बाख्रा मारेको छ।नजिकै रहेको सामुदायिक वनबाट चितुवा आएको हुनसक्ने स्थानीयले बताएका छन्। सामुदायिक वनमा रहेका चितुवा पटक-पटक सन्तोषी टोलमा पस्ने गरेको स्थानीयको भनाइ छ।चितुवा खोरमा कसरी पस्यो र भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी
पाल्पा : पाल्पामा व्यावसायिक रुपमा कालिजपालन गरिंदै आएको फर्ममा चितुवाले आक्रमण गर्दा एक सयबढी कालिज नष्ट गरेको छ। तानसेन नगारपालिका वडा नं ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा भएको काफलको रुखबाट पसेको चितुवाले सयबढी कालिज मारेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए।रातिको समयमा अन्जानमा फसेको चितुवालाई नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा फर्मबाट बाहिर निकालिएको रेन्जर पोखरेलले बताए।जिल्लामा चितुवालाई नियन्त्रण लिने साधन र दक्ष जनशक्ती
बागलुङ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको कान्लेमा चितुवाले आतंक मञ्चाएको छ। आइतबार बिहानैदेखि जंगलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीय तर्सिएका छन्। कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठिएको अवस्थामा देखिएको स्थानीयले बताएका थिए। आइतबार बिहान घरघरमै पुगेपछि स्थानीयले लखेटेका थिए।पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहीँ बसिरहेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार नवराज रिमालले बताए। चितुवाले आक्रमण गर्ने त्रासले स्थानीय चिन्तित भएपछि प
भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन्।
गुजरातका वन अधिकारी जी ए जालाले घटनाबारे भने चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई ख...