अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी : अध्यादेशमार्फत ल्याइएको बजेट प्रतिस्थापनको तयारी

काठमाडौं । सरकार गठन भएको १ महीना नबित्दै अघिल्लो सरकारको चर्को आलोचना गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नामक श्वेतपत्र सार्वजनिक गरेका छन् । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा मंगलवार उनले उक्त दस्तावेज प्रस्तुत गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेतृत्वमा बनेको केपी शर्मा ओलीको सरकारले मुलुकको आर्थिक अवस्थालाई सही गतिमा अघि नबढाएको दाबी गरे । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने समेत जानकारी दिए । ‘अध्यादेशलाई सत्ता सहयात्री दलहरूबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीको कारण सृजित चुनौतीसमेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु,’ । देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै शर्माले भने । उनले हप्ता दिन अगाडि हठात् प्रतिनिधिसभाको विघटन गरेर अध्यादेशको माध्यमबाट राजस्व र व्ययको अनुमानलाई कानूनीस्वरूप दिइनु तथा कामचलाउ सरकारले अनिवार्य सरकारी खर्चका लागि मात्र व्ययको व्यवस्था गर्नुपर्नेमा दीर्घकालीन महत्त्व र प्रभाव राख्ने प्रकृतिका नीति तथा वार्षिक कार्यक्रमहरूको उद्घोष गर्नु वाञ्छित नभएको समेत बताए । शर्माका अनुसार सरकारी कोषको ध्यानै नदिई अघिल्लो सरकारले बजेट निर्माण गरेको, वित्तीय उत्तरदायित्वमा चुकेको र वित्तीय अनुशासन कायम नगरेकै कारण बजेट अध्यादेश प्रतिस्थापन गर्नतर्फ वर्तमान सरकार लाग्नुपरेको हो । देशको वर्तमान आर्थिक अवस्थाको जानकारी नाम दिइएको यो श्वेतपत्रमा अर्थतन्त्रका अधिकांश क्षेत्र गहिरो समस्यामा रहेको दाबी गरिएको छ । श्वेतपत्रमा आर्थिक वर्ष २०७६/७७ मा २ दशमलव १ प्रतिशतले ऋणात्मक रहेको र आर्थिक वर्ष २०७७/७८ मा पनि अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको बताए । बजेटमार्फत आर्थिक वृद्धिदर ७ प्रतिशत रहने अनुमान गरिएकोमा कोभिड–१९ महामारीको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेका कारण उक्त वृद्धिदर प्राप्त नहुने अवस्था देखिएको बताएका शर्माले केकति आर्थिक वृद्धि भयो भन्ने तथ्यांक भने सार्वजनिक गरेनन् । केन्द्रीय तथ्यांक विभाग उच्च स्रोतका अनुसार उक्त वर्षमा आर्थिक वृद्धिदर १ प्रतिशतको हाराहारीमा भएको प्रारम्भिक अनुमान छ । श्वेतपत्रमा २०७४ चैतमा सरकारी कोषमा रू.४८ अर्ब सञ्चित घाटामा रहेकोमा गत आर्थिक वर्षसम्ममा यो बढेर रू. १ खर्ब ४३ अर्ब पुगेको उल्लेख छ । यस्तै, सार्वजनिक ऋणको मात्रा बढ्दै गएको र गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादनको ४० दशमलव ५ प्रतिशत अर्थात् रू. १७ खर्ब २९ अर्ब पुगेको श्वेतपत्रमा उल्लेख गरिएको छ । सार्वजनिक ऋण बढ्दै गए पनि उत्पादनशील क्षेत्रमा प्रयोग नभएको अर्थमन्त्री शर्माले संसद्मा बताए । उनका अनुसार सरकारको राजस्व संकलनले चालू खर्च धान्न सक्ने अवस्था देखिँदैन । श्वेतपत्रमा महामारीबाट सबैभन्दा बढी विपन्न वर्ग प्रभावित बनेको र गरीबीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतबाट बढेको हुनसक्ने उल्लेख छ । त्यसैगरी पछिल्ला वर्षहरूमा सरकारी आर्थिक नीतिहरू गरीब र सीमान्तीकृत समूहमा केन्द्रित हुन नसक्दा आय र सम्पत्ति सीमित वर्गमा थुप्रिँदै गएको र यसले गर्दा असमानता दर झन चुलिएर गएको चित्रण गरिएको छ । अर्थमन्त्री शर्माले जारी गरेको श्वेतपत्रमा वर्तमान सरकारको प्राथमिकता खोप मात्रै भएको बताए । अर्थमन्त्री शर्माले आपूmले कार्यभार सम्हालेको दिन नै खोप खरीदका लागि ५ अर्ब निकासा गरेको जिकीर गरे । मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए । उनले हालसम्म करीब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्यांक पनि प्रस्तुत गरेका छन् । जनताप्रति उत्तरदायी बन्नु नै सरकारको प्रमुख कार्यभार रहेको स्पष्ट पार्दै अर्थमन्त्री शर्माले लोकतान्त्रिक तथा सामाजिक न्यायको मार्गमा आफूहरू निरन्तर लागिपर्ने बताए । प्रतिशोधपत्र भएको प्रतिपक्षको आरोप अर्थमन्त्री शर्माले संसद्मा पेश गरेको ‘देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी’ सम्बन्धी श्वेतपत्रलाई प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले प्रतिशोध पत्रको संज्ञा दिएका छन् । तथ्यलाई तोडमोड गर्दै अघिल्लो सरकारमाथि प्रतिशोध लिएको उनीहरूको आरोप छ । एमाले सांसद खगराज अधिकारीले माओवादी आफू पनि अघिल्लो सरकारमा बसेको विषयलाई बिर्सिएर यथार्थ पत्र नल्याएको टिप्पणी गरे । उनले भने, ‘तथ्यांक तोडमोड गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई बदनाम गर्न खोजिएको छ । उहाँले आफ्नो पार्टी पनि त्यो सरकारमा थियो भन्ने तथ्य बिर्सिनु भयो जस्तो छ ।’ एमाले सांसद्हरूका अनुसार आफैलाई बदनाम हुनेगरी अनेकौं तथ्य सरकारले ल्याएको छ । सत्तारूढ नेपाली कांग्रेसका संसद् राजेन्द्र केसीले अध्यादेश बजेटलाई प्रतिस्थापन विधेयकमार्फत प्रतिस्थापन गर्ने विषय सकारात्मक भएको बताए । अब निर्माण हुने प्रतिस्थापन विधेयकमा अत्यन्त लोकप्रिय कार्यक्रम सांसद पूर्वाधार साझेदारी कार्यक्रमले पनि निरन्तरता पाउनुपर्ने बताए ।

सम्बन्धित सामग्री

श्वेतपत्र र पूरक बजेट ल्याउने मुडमा छैनन् अर्थमन्त्री

२२ पुस, काठमाडौं । आर्थिक वर्षको बीचमा अर्थ मन्त्रालय सम्हाल्न आइपुगेका उपप्रधानमन्त्री विष्णु पौडेलले यही बजेट कार्यान्वयन गर्लान् कि पूरक बजेट ल्याउलान् भन्ने प्रश्न छ । उनको दल नेकपा एमालेभित्र अर्थतन्त्रको अवस्था जानकारी गराउन तत्काल श्वेतपत्र जारी गर्नुपर्ने आवाज उठिरहेको छ । तर अर्थमन्त्री पौडेल भने श्वेतपत्र र पूरक बजेट तत्काल नल्याउने योजनामा छन् । […]

बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने

बागमती प्रदेश सरकारले अघिल्ला सरकारको काम कारवाहीलाई समेटेर श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस अघिका सरकारले ४ वर्षको अवधिभर गरेका सम्पूर्ण काम, नीति तथा कार्यक्रम, बजेट कार्यान्वयनमा भएको प्रगति, चुनौती, कमी–कमजोरी आदि विषयलाई समेटेर श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो ।अघिल्ला सरकारमा भएका गतिविधिको समीक्षाबाट सिकेर थप सुधारका योजना तयार पार्ने र त्यसका लागि आवश्यक कदम चाल्न श्वेतपत्र महत्वपूर्ण साबित हुने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा

देउवा सरकारको अकर्मण्यता : बजेट रोकेर देशलाई आर्थिक सङ्कटतर्फ धकेलिँदै

पूर्ववर्ती सरकारका कारण देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै श्वेतपत्र जारी गरेको देउवा सरकार स्वयंले चाहिँ अहिलेसम्म चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा ल्याउन सकेको छैन । न त अध्यादेशबाट ल्याइएको बजेटलाई नै यो सरकारले स्वीकारेको छ । अध्यादेशलाई विस्थापित गरेर नयाँ बजेट ल्याउने भनिए पनि रातारात संसद् अधिवेशन अन्त्य गरेर देउवा सरकारले मुलुकलाई अनिर्णयको बन्दी बनाएको छ ।अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्ने देउवा सरकारले उद्घोष गरेको थियो । पदभार ग्रहण गरेको भोलिपल्टै अर्

मुलुकको सार्वजनिक ऋण वार्षिक बजेट भन्दा पनि उच्च

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो रूप लिन पुगेको तर सो अनुसार उपलब्धि नदेखिएको यर्थाथ तथ्याङ्क प्रस्तुत गरेका छन् । मंगलबार प्रतिनिधि सभा मार्फत मुलुकको वर्तमान आर्थिक अवस्थाको जानकारी श्वेतपत्र जारी गर्दै यस्तो बताएका हुन् । श्वेतपत्र मार्फत अर्थमन्त्री शर्माले गएको ३ वर्षमा करिब २५० अर्बले नै सार्वजनिक ऋण बढेर कुल ग्राहस्थ उत्पादनको झन्डै ४०.५ प्रतिशतको हाराहारीमा पुगेको बताए ।  यस्तो ऋणमा हालसम्म आन्तरिक तर्

सरकारको ढिलासुस्ती : न बजेट, न मौद्रिक नीति, न श्वेतपत्र

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट नयाँ सरकारले परिमार्जन गरिने बताएको दुई साता भइसक्यो । बजेट परिमार्जनमा ढिलाइ भएसँगै नयाँ आर्थिक वर्षको मौद्रिक नीतिसमेत रोकिएको छ । नयाँ सरकार गठन भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरिने बताएका थिए । तर, श्वेत पत्र पनि अहिलेसम्म जारी हुन सकेको छैन ।श्वेतपत्रको गृहकार्य जारी रहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । अर्थमन्त्री शर्माका प्रेस सल्लाहकार सचिन रोक्काले भने, ‘अहिले अर्थमन्त्रीज्यू बजेट कार्यान्वयनको सन्दर्भमा र श्वे

अर्थमन्त्रीका दुई घोषणा : श्वेतपत्र जारी गर्छौं, बजेटको जिम्मा संसदलाई

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरिने बताएका छन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा शुक्रबार आर्थिक पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सरकारबाट श्वेतपत्र जारी हुन लागेको जानकारी दिएका हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले पनि आफ्नो कार्यकालको प्रारम्भमा मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेको थियो । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट चाहिँ के हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री शर्माले साउन ३ गते संसद बैठक बोलाइएको बताउँदै जे गर्

गण्डकी सरकारद्वारा श्वेतपत्र जारी

पोखरा । गण्डकी प्रदेश सरकारले श्वेतपत्र जारी गरेको छ । बजेट ल्याउनु भन्दा ३ दिन पहिले मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले प्रदेशमा रहेका सबै क्षेत्रका आर्थिक सूचकाङ्कहरूलाई समेटेर श्वेतपत्र जारी गरेको हो । आवश्यक तयारी बिना बाध्यकारी कानुनी व्यवस्थाका कारण असार १ मा बजेट ल्याएकाले प्रदेशको समग्र आर्थिक र सामाजिक अवस्थालाई समेटेर […]

औचित्यहिन श्वेतपत्र

अर्थशास्त्रीहरू श्वेतपत्रको आवश्यकतामाथि प्रश्न उठाइरहेका छन् । प्रचुर बहुमत प्राप्त सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै श्वेतपत्र जारी गर्ने सन्देश दिएका खतिवडाले दुई महिनापछि घोषणा हुने बजेट र नीति तथा कार्यक्रमको संघारमा श्वेतपत्र जारी गर्नुको कारण स्पष्ट छैन ।

कस्तो छ मुलुकको आर्थिक अवस्था ? श्वेतपत्रले देखाएको ९ तथ्य

१६ चैत, काठमाडौं । शुक्रबार अर्थ मन्त्रालयले मुलुकको हालको आर्थिक अवस्था सार्वजनिक गर्दै श्वेतपत्र जारी गरेको छ । नयाँ बजेट निर्माणको तयारी थाल्नु अघि अर्थमन्त्री डा. युवराज खतिवडाले १५ पन्ने श्वेतपत्र ल्याएका हुन् । श्वेतपत्रलाई नेपाली अर्थतन्त्रको तस्वीर मान्ने हो भने नेपालको अर्थतन्त्र अहिले निकै नाजुक अवस्थामा छ र यसको समग्र …

कस्तो छ मुलुकको आर्थिक अवस्था ? श्वेतपत्रले देखाएको ९ तथ्य

१६ चैत, काठमाडौं । शुक्रबार अर्थ मन्त्रालयले मुलुकको हालको आर्थिक अवस्था सार्वजनिक गर्दै श्वेतपत्र जारी गरेको छ । नयाँ बजेट निर्माणको तयारी थाल्नु अघि अर्थमन्त्री डा. युवराज खतिवडाले १५ पन्ने श्वेतपत्र ल्याएका हुन् । श्वेतपत्रलाई नेपाली अर्थतन्त्रको तस्वीर मान्ने हो भने नेपालको अर्थतन्त्र अहिले निकै नाजुक अवस्थामा छ र यसको समग्र …