मोरङ – विराटनगर महानगरपालिकाले दुई वटा पुस्तक विमोचन गरेको छ। महानगरपालिकाले सोमबार एक कार्यक्रमका अवसरमा महानगरद्वारा प्रकाशित ‘प्राज्ञ बालकृष्ण पोखरेल स्मृतिग्रन्थ’ र ‘ऐतिहासिक विराटनगर’ विमोचन गरेको हो। कार्यक्रममा प्रमुख अतिथि प्राडा गोपाल भण्डारीले दुवै पुस्तकले समग्रमा विराटनगरको विगतदेखि वर्तमानसम्म र प्राज्ञ पोखरेलको देनलाई स्मरण गर्नु स्वागतयोग्य भएको बताएका थिए। त्यसैगरी, मेयर भीम पराजुलीले विराटनगरको इतिहास, […]