काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १३ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ६ सय ३४ जनामा गरिएको परीक्षणमा १३ जना संक्रमित भेटिएका हुन्।आज १७ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ८५ जना सक्रिय संक्रमित रहेका छन्। हाल ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेको छ।