कोरोना अपडेट: देशभर २०१ जना सक्रिय संक्रमित, आज थपिए १७ जना

काठमाडौं : आइतबार देशभर १७ जना कोभिड १९ का संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार १० जनामा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका हुन्। आज २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज पनि संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन्। देशभर जम्मा एकजना संक्रमितको आइसियूमा उपचार भइरहेको छ। हाल देशभर ९५ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।  

सम्बन्धित सामग्री

६३ जना कोरोना संक्रमित थपिए, १००४ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५३५ जनामा गरिएको नमूना परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १०३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिले देशभर १००४ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा थपिए १७३ जना कोरोना संक्रमित, ३६१२ सक्रिय संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ पुगेको छ। शनिबार ३९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ६१२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य […]

आज २६० कोरोना संक्रमित थपिए

काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३८४४ जनामा गरिएको परीक्षणमा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिल देशभरि ११७१ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेका छन् ।

आज एकैदिन १६८ कोरोना संक्रमित थपिए

काठमाडौं, २७ असार । पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार ३०२० जनामा गरिएको परीक्षणमा १६८ जना संक्रमित थपिएका हुन् । त्यस्तै, आज ३७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिले देशभरि ७७० जना सक्रिय संक्रमित छन् ।

आज १०२ कोरोना संक्रमित थपिए, देशभरि ६ सय भन्दा बढि सक्रिय संक्रमित

काठमाडौं, २५ असार । पछिल्लो २४ घण्टामा १०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आरटी पिसिआर र एन्टिजेन विधिबाट जम्मा २६१५ जनामा गरिएको परिक्षणमा १०२ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको कोरोनाबारे अपडेटअनुसार अहिले देशभरि ६०५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३१ जनाले कोरोना जितेका छन् […]

आज ४० जना कोरोना संक्रमित थपिए

काठमाडौं, २० असार । पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथाजनसंख्या मन्त्रालयको नयाँ अपडेटअनुसार आरटी/पिसिआर र एन्टिजेनमार्फत गरिएको ३०१० परीक्षणमा ४० जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, २४ घण्टामा कोरोना जित्नेहरुको संख्या भने १९ पुगेको छ । अहिले देशभरि ३४८ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना अपडेट : सक्रिय संक्रमित १८५ जना, आज थपिए १३ नयाँ

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १३ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ६ सय ३४ जनामा गरिएको परीक्षणमा १३ जना संक्रमित भेटिएका हुन्।आज १७ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ८५ जना सक्रिय संक्रमित रहेका छन्। हाल ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेको छ।

देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित, २४ घण्टामा १० जना थपिए

देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमितको संख्या घट्दो क्रममा रही सक्रिय संक्रमित ३३४ जनामा सीमित भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०३ जनामा कोरोना परीक्षण गर्दा १० जनामा पुष्टि भएको छ भने सोही अवधिमा २६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

२४ घण्टामा ४ जना कोरोना संक्रमित थपिए, देशभर ५९२ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । २७४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।मन्त्रालयका अनुसार अहिले देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् भने २०८२८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ११९५१ जनाको मृत्यु भइसकेको छ ।