काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २२ जना कोरोना संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार १ सय ४४ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्। आज ४६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण हुने मृत्यु आज पनि शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ५ सय ६८ जना सक्रिय संक्रमित रहेका छन्।