विश्वभर कोरोना संक्रमण दर घट्यो, मृतक र निको हुने बढे

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख १७ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा २७ लाख ३९ हजार ८५० जना निको भएका छन् भने १० हजार ९९७ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणदर घट्ने क्रम सुरु भएपछि निको हुने र मृतकको संख्या केही बढेको छ । थपिनेमा जर्मनीमा २ […]

सम्बन्धित सामग्री

थप ६८ जनामा कोरोना संक्रमण, ५३८ जना निको भए

पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। चार हजार ९२९ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबार तीन हजार १३५ र एन्टिजेन विधिबाट...

भारतमा ९ हजार कोरोना संक्रमित थपिए, १० हजार निको

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५५७ जना कोरोना संक्रमणबाट निको भएका छन् । यही अवधिमा ९ हजार ६६८ जनामा संक्रमण भएको पाइएको छ। त्यस्तै एक दिनको अवधिमा २४४ जना संक्रमितको मृत्यु भएको छ। हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख २० हजारमा झरेको छ। कोरोना संक्रमण दर घटेसँगै भारतमा भोलि सोमबारदेखि कोरोनासम्बन्धी […]

भारतमा पछिल्लो २४ घण्टामा १,२४१ को मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर घटे पनि मृतकको संख्या बढेको छ । ओमिक्रोन भेरियन्टको संक्रमण दर उच्च बनेर घटेसँगै मृतकको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा मात्रै एक हजार २४१ जनाको मृत्यु भएको छ । कोरोनाबाट निको हुनेको संख्या पनि उच्च छ । यही अवधिमा एक लाख ५७ हजार जना निको भएका छन् […]

भारतमा थप एक लाख ६१ हजार जना निको

काठमाडौँ – भारतमा पछिल्लो साता कोरोना संक्रमण दर घट्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ४४१ जना कोरोना संक्र्रमित थपिएका छन् भने निको हुनेको संख्या भने एक लाख ६१ हजार छ । यही अवधिमा एक हजार २३० जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमण दर तीव्र : एकैदिन थपिए १० हजार २५८ जना संक्रमित

माघ ४, काठमाडौं । नेपालमा विगत २४ घण्टामा एकैदिन थप १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार उक्त अवधिमा १७ हजार ८७२ पीसीआर परीक्षणमा ८ हजार ७३० जना र ४ हजार ९५६ एन्टिजेन परीक्षणमा १ हजार ५२८ जना गरी कुल १० हजार २५८ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा देशभर कोरोना संक्रमणबाट १ जनाको मुत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ जना पुगेको छ । यसैगरी, मंगलवार ५६२ जना निको भएसँगै हालसम्म ८ लाख १७ हजार ५४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै, काठमाडौं उपत्यकामा ५ हजार ५४९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमण : फेरि उच्च गतिमा फैलिँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमण पछिल्ला केही महीना आरालो लागे पनि फेरि उच्च गतिमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा अर्थात् आइवार मात्रै एकै दिन १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमित संख्या पछिल्लो समयकै धेरै हो । शनिवार ९ सय ४४ जना र शुक्रवार ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो । तर, आइतवार त्योभन्दा बढी संख्यामा संक्रमित थपिएका छन् । आइतवार १२ हजार ६३२ जनामा कोरोना परीक्षण गरिएको थियो । सोही अवधिमा निको हुनेको संख्या २ सय २४ जना रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ जना रहेको छ र अहिलेको संक्रमण जोखिमको हिसाबले यो संख्या अझै बढ्ने सरकारी अधिकारीहरूको आकलन छ । अधिकारीहरूका अनुसार १ हप्ता अगाडिको भन्दा दोब्बरले बिरामी संख्या अस्पतालहरूमा बढेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) डाक्टर भूपेन्द्रबहादुर बस्नेतले पछिल्लो १ सातामा कोरोना संक्रमण बढेको बताएका छन् । उनका अनुसार पछिल्लो समय नेपालमा संक्रमण तीव्र बढेको हो । ओमिक्रोन संक्रमण छिटो फैलिने हुँदा पछिल्लो समय संक्रमितको संख्या अस्वाभाविक रूपमा बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डाक्टर बस्नेतले केन्द्रीय अस्पतालले समन्वय गर्दै आएका देशभरका अस्पतालमा कोरोनाका बिरामी भर्ना हुनेक्रम बढेको जानकारी दिए । ‘कोभिड–१९ केन्द्रीय अस्पतालले उपत्यकाका १३ ओटा अस्पताल र प्रदेशस्तरका सातओटा अस्पतालसँग निरन्तर समन्वय गर्दै आएको छ । सबै अस्पतालमा कोभिडका बिरामी बढेको पाइएको छ,’ उनले भने, ‘धेरै अस्पतालमा १ हप्ता अगाडिको भन्दा दोब्बरले बिरामी संख्या बढेको छ ।’ यसैबीच, कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा छलफल गर्न सीसीएमसीको बैठक बसेको छ । आइतवारको बैठकमा कोरोना संक्रमण दर बढ्दै गएका बेला जनजीवनलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा छलफल भएको छ । अनावश्यक भीडभाड गर्न नदिने, स्वास्थ्य मापदण्ड परिपालना कडाइका साथ गराउने, खोप र पीसीआर परीक्षण दायरा बढाउनेलगायत विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनले कोरोना संक्रमण बढिरहेको अवस्थामा सबैतिर भीडभाड बढेकाले त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि छलफल भएको बताए । छलफलमा कोरोना संक्रमण दर बढे प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यक निर्णय गर्न सक्ने निर्णय पनि भएको छ । त्यस्तै, भौतिक दूरी कायम गराउने, मास्कको अनिवार्य गर्ने, स्यानिटाजर प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने विषयमा पनि छलफल भएको छ । सोही सन्दर्भमा आइतवार बिहान उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै बैठक तथा छलफल गरेका थिए । त्यस क्रममा विनामास्क ओहोरदोहोर नगर्न, भीडभाड नगर्न, भौतिक दूरी कायम राख्नेलगायत निर्देशन जारी गर्नेबारेमा छलफल भएको छ । ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पनि कोरोना सक्रमण रोकथामका लागि आवश्यक छलफल गरेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परिस्थितिअनुसार कडाइ गर्ने छलफल भइरहेको बताइन् । उनले भनिन्, ‘स्वास्थ्य मापदण्डमा चाहिँ सोमवारदेखि नै कडाइ गर्छौं ।’ ललितपुर प्रशासनले पनि जिल्ला जनस्वास्थ्य कार्यालय, खोप समन्वय समिति, महानगरपालिका, प्रहरी परिसरलगायतसँग छलफल गरेको छ । पहिलो चरणमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने र संक्रमण दर तीव्र गतिमा फैलिए अन्य निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । ‘कोरोना संक्रमणको नियमित समीक्षा गरिरहेका छौं, अहिले नै बन्दाबन्दी वा धेरै कडाइ गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गर्छौं, खोप कार्यक्रमलाई पनि तीव्रता दिन्छांै ।’ उनले सीसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरूले काम गर्ने तयारी गरेको जानकारी दिए ।

भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाको ज्यान गयो, ५८ हजार संक्रमित थपिए

काठमाण्डौ – भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाले ज्यान गुमाएका छन् । यस्तै २४ घण्टामा ५८ हजार ९७ कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । पछिल्लो समय भारतमा पनि कोरोना संक्रमण दर तीव्र गतिमा बढीरहेको छ । अहिलेसम्म भारतमा तीन करोड ५० लाख भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये तीन करोड ४३ लाख भन्दा बढी निको भइसकेका छन् । अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ८२ हजार ५५१ जनाको ज्यान गएको छ । कोरोना संक्रमणदर तीव्र गतिमा बढ्न थालेपछि दिल्लीमा रात्रिकालीन कफ्र्यु लागू ...

तनहुँका २ पालिकामा कोरोना संक्रमण दर शून्य

तनहुँका १० पालिकामध्ये २ पालिका कोरोनामुक्त बनेका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । तनहुँमा हाल २८ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।  व्यास नगरपालिकामा ९, शुक्लागण्डकी नगरपालिकामा ८, भिमाद नगरपालिकमा ३, भानु नगरपालिकमा ३, ऋषिङ गाउँपालिकामा २, घिरिङ र बन्दीपुरमा १/१ जना कोरोना संक्रमित रहेका छन् । ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । तन...

नेपालमा कोरोना संक्रमण दर १९ प्रतिशतमा झर्‍यो, झण्डै ९२ प्रतिशत निको

काठमाडौँ । विगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत […]

पछिल्लो चौबिस घण्टामा २ हजार १४१ जनाले जिते कोरोना

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये २ हजार १४१ जना निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा निको हुने कोरोना संक्रमण दर ८८.६ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ६ लाख ४० हजार ४० जनामा कोरोना पुष्टि भएको छ।