थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको हो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । थाइल्याण्डको क्लब चोनबरी एफसीसँग नेपालले मार्च २७ मा हुनेछ ।एएफसी एसियन कप छनोटमा नेपाल