काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी...