काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी नेपालका सांसद् प्रदीप यादवले संघीयता कसैले बक्सिस नदिएको बताए। आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद् यादवले संघीयता कसैले बक्सिस नदिएको बताएका हुन्। उनले भने, ‘संघीयता कसैको दानबाट कसैले उपहार दिएको छैन। कसैले बक्सिस दिएको हैन। संघीयता मधेशी, थारू, जनजातीलगायतका नेपाली जनताले लडेर ल्याएको संघीयता हो। संघीयता यसरी नै आएको छैन […]