सर्वसाधारणको टिकट नपाएको गुनासो, व्यवसायी भन्छन्ः सकेसम्म व्यवस्था मिलाएका छौँ

काठमाडौँ – नेपालीहरूको महान चाड बडा दशैँ मनाउन घर जानेहरूको आज पनि उल्लेख्य भीड छ। काठमाडौँको नयाँ बसपार्कमा दसैँ मनाउन घर जानेको भीड लागेको हो। टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारण बिहानैदेखि नयाँ बसपार्कमा छन्। नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारण यातायात व्यवसायीले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरे। बीचबाटोबाट सर्वसाधारणहरू लिएर जाने […]

सम्बन्धित सामग्री

टिकट नपाउँदा नयाँ बसपार्कमा सास्ती

काठमाडौं। दशैं मनाउन घर जाने टिकट नपाउँदा नयाँ बसपार्क पुगेका यात्रुले सास्ती मात्रै झेलेका छन् । सरकारले चाडपर्व मनाउन उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज होस् भनेर असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोलेको थियो । तर, समयअगावै टिकट सकिँदा यात्रुले सास्ती मात्रै खेप्नुपरेको हो । बिहीवार बिहान ६ बजे नयाँ बसपार्कस्थित टिकट काउन्टर खुल्नुअगावै काउन्टरबाहिर टिकट किन्ने यात्रुको लामो लाइन थियो । त्यही लाइनमा थिए, बर्दियाका समीर थारू । बिहान ३ बजेदेखि लाइनमा बसेको उनले बताए । करीब साढे ६ बजेतिर काउन्टर खुल्यो । काउन्टर खुल्नासाथ समितिका कर्मचारीले कात्तिक ४ गतेसम्मको सम्पूर्ण टिकट अग्रिम बुकिङ भइसकेको र ५ गतेपछिको मात्रै बाँकी रहेको जानकारीसहितको सूचना टाँसेपछि निद्रा माया मारेर रातिदेखि नै लाइन बसेका यात्रुको अपेक्षामा तुषारापात भयो । ५ गते महाष्टमी भएकाले त्यस दिनेको टिकट लिएर दशैं मनाउन नपाइने भएकाले चिन्ता लागेको थारूले बताए । ‘दशैंमा अष्टमीदेखि दशमीसम्मको ३ दिन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । अष्टमीको दिनको टिकट लिए नवमीमा मात्रै घर पुगिन्छ । सबै यात्रुले सहजताका साथ टिकट पाउँदैनन् भने अग्रिम बुकिङको नाटक किन गर्नुपर्‍यो,’ उनले प्रश्न गरे ।  बिहीवार बिहान ६ बजे नयाँ बसपार्कस्थित टिकट काउन्टर खुल्नुअगावै काउन्टरबाहिर टिकट किन्ने यात्रुको लामो लाइन थियो ।  थारू प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता सयौं यात्रुले टिकट नपाएर सास्ती भोग्नु परेको यातायात क्षेत्रका व्यक्तिहरू बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले तुलनात्मक रूपमा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशतर्फका रूटमा यात्रु चाप अत्यधिक रहेकाले सबै यात्रुले टिकट नपाएको स्वीकार गरे । उनका अनुसार टिकट नपाएर सास्ती खेपिरहेका यात्रुका लागि थप गाडीको व्यवस्था गर्ने तयारी भइरहेको छ । ‘महासंघले कोही पनि यात्रुलाई अलपत्र पर्न नदिन थप गाडीको बन्दोबस्त गर्ने भएकाले कोही पनि आत्तिनुपर्ने छैन । यात्रुको चाप कम भएको क्षेत्रका गाडी ल्याउने वा नयाँ गाडी थप्ने भन्नेमा छलफल भएको छ । यस विषयमा चाँडै निर्णय हुन्छ र सबैले आफ्नो गन्तव्यमा जान पाउने छन्,’ उनले भने । दशैं मनाउन उपत्यकाबाट हरेक वर्ष ठूलो संख्यामा यात्रु बाहिरिने गर्छन् । यस वर्ष दशैंका लागि २२ लाखभन्दा बढी यात्रु बाहिरिने आकलन गरिएको छ । त्यसलाई दृष्टिगत गर्दै असोज २६ देखि सरकारले सबै सार्वजनिक यातायातको रूट परमिट (सार्वजनिक सवारीसाधन जुनसुकै रूटमा चल्न पाउने) समेत खुला गर्ने निर्णय गरेको छ ।

उपत्यका छाड्ने बढ्दै , टिकट पाउनै गाह्रो

काठमाडौं।वडा दशैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन। काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार भेटिएका यात्रुहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन।५ दिन धाउँदा पनि बसको टिकट नपाएको उनीहरुको गुनासो छ । उनीहरुले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँडने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिएका छन्।

बसको टिकट पाउनै मुस्किल

काठमाडौं । बडादसैँमा घर फर्कने यात्रुले बसको टिकट पाउनै नसकेको गुनासो गरेका छन् । काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरूले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन् । पाँच दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ । बस व्यवसायी र प्रहरीले...

काउन्टरमा बसको टिकट पाउनै नसकेको यात्रुको गुनासो

काठमाडौँ – बडादसैँमा घर फर्किने यात्रुले बसको टिकट नै पाउन नसकेको गुनासो गरेका छन्। काठमाडौँको नयाँबसपार्कस्थित टिकट काउन्टरमा शनिबार भेटिएका उनीहरूले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन्। ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ। उनले बस व्यवसायी र प्रहरीले आफन्तलाई टिकट बाँड्ने गरेकाले पनि सर्वसाधारणले टिकट […]

दशैँमा घर फर्किने यात्रुहरुको गुनासो, बसको टिकट पाउनै सकिएन

काठमाण्डौ – काठमाण्डौ गोँगबुको नयाँ बसपार्कको टिकट काउन्टरमा आज शनिवार भेटिएका यात्रुहरुले घर जानका लागि बसको टिकट नै नपाएको गुनासो पोखेका छन् ।  पाँच दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ । उहाँले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँडने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको आरोप लगाउनु भयो ।  त्यस्तै कैलालीका कृष्ण टमाटाले पनि बसको टिकट नपाएका कारण दशैँमा घर जान नै नसकिने अवस्था आएको बताउनु भयो । उहाँले सरकारले टिकटको आवश्यक व्यवस्था नमिलाएर सर्वसाध...

काउन्टरमा बसको टिकट नपाएकाे यात्रुकाे गुनासाे

काठमाडाैं । वडा दशैंमा घर फर्किने यात्रुहरुले बसको टिकट नै पाउन नसकेको गुनासो गरेका छन । काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन । ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ । उहाँले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई […]

काउन्टरमा बसको टिकट पाउनै नसकेको यात्रुहरुको गुनासो

वडा दशैंमा घर फर्किने यात्रुहरुले बसको टिकट नै पाउन नसकेको गुनासो गरेका छन् ।  काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन । ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ ।उनले बस व्यवसायी र प्रहरीले आफन्तहरूलाई टिकट बाँड्ने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिए । कैलालीका कृष्ण टमाटाले बसको टिकट नपाएका कारण दशैंमा घर जान नै नसकिने अवस्था आएको बताए । उनले सरकारले टिकट

२ दिनमा २ लाखले छाडे उपत्यका

काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै जाँदा बिहीवार रातिदेखि १ साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि २ दिनमा २ लाख मान्छे उपत्यकाबाट बाहिरिएका छन् । संक्रमण बढेर भयावह अवस्था आउन नदिनका लागि उपत्यकाका तीनओटै प्रमुख जिल्ला अधिकारीहरूको सोमवार बसेको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो । गतवर्षको जस्तै निषेधाज्ञाको समय लम्बिँदै जान सक्ने आशंकामा सर्वसाधारणहरू घर जाने क्रम बढेको हो । कलंकी, बालाजु, कोटेश्वर, बल्खुलगायत स्थानमा उपत्यका छाडेर बाहिरिने मान्छेहरूको भीड बढेको देखिएको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उपत्यकामा निषेधाज्ञा हुने भएपछि सोमवार र मंगलवार गरी २ दिनमा करीब २ लाख मान्छे उपत्यका छाडेर बाहिरिएको बताए । उनका अनुसार सामान्य अवस्थामा उपत्यका छाड्नेहरूको संख्या दैनिक करीब ५० हजारको हाराहारीमा हुने गर्छ । सरकारले बिहीवारदेखि निषेधाज्ञा लागू गर्ने भएको छ । सरकारले दिएका अवधिमा गाउँ फर्किन चाहनेहरूका लागि सवारी पर्याप्त नहुने भएकाले कम्तीमा पनि २÷३ दिनका समय थप गर्नुपर्ने उनको भनाइ छ । उपत्यका बाहिर जानेहरूका लागि सहज बनाउन गाडी चलाउने समय थप नगरेमा अघिल्लोपटकको बन्दाबन्दीमा जस्तै समस्या आउन सक्ने उनको भनाइ छ । निषेधाज्ञाको खबर बाहिरिएसँगै सोमवारदेखि नै उपत्यकामा बसेर पढ्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदूर र अन्य कामको शिलसिलामा काठमाडौं आएकाहरू बाहिरिने क्रम बढेको छ । बुधवारसम्मका लागि सबै गाडीका टिकटहरू बुक भइसकेका छन् । धेरै यात्रुहरूले टिकट नपाएको गुनासो समेत गरेका छन् । मंगलवार बिहान बालाजु बसपार्कमा टिकट काट्न आएका बर्दियाका तेजेन्द्र रावलले बर्दिया जाने गाडिको टिकट पाएनन् । त्यसैले उनले नेपालगञ्जसम्म जाने गाडीको टिकट लिए । नेपालगञ्ज पुगेपछि त्यहाँबाट अर्को गाडीमा जाने उनले बताए । उपत्यका छाडेर बाहिरिने यात्रुहरू बढेसँगै यातायात व्यवसायीहरूले मनपरी रूपमा भडादर असुल्ने गरेको पाइएको छ । काठमाडौंदेखि लम्कीसम्मको एसी गाडीको भाडादर १५ सय रुपैयाँ हो तर बालाजु टिकट काउन्टरका कर्मचारीहरूले लम्की र टीकापुरसम्म जानेहरूलाई पनि १८ सय ५० रुपैयाँ असुलेर धनगढीकै भाडादरमा टिकट विक्री गरिरहेको पाइएको छ ।