सुर्खेत – मिटरब्याजी विरुद्ध गृह मन्त्रालयले उजुरी दिन सूचना जारी गरेपछि सुर्खेतमा हालसम्म ११ वटा उजुरी परेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका वीरेन्द्रनगरका एक जना पीडितको उजुरी विवरणमा एक जना व्यक्तिबाट ५० लाख रुपैयाँ ऋण लिएको तर परिबन्धमा पारी ८० लाख रुपैयाँको कागज गराएको र हालसम्म ६० लाख रुपैयाँ तिरिसक्दा पनि तिरिरहनु परेको उल्लेख छ । ती व्यक्तिले २३ जनाबाट ठगिएको भन्दै उनीहरु विरुद्ध प्रशासनमा उजुरी दिएकाे सहायक प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेले बताउनुभयाे । ति...