एमाले मकवानपुरमा नेतृत्व छान्न सकस, निर्वाचन प्रक्रिया लम्बिँदै

नेकपा एमाले मकवानपुरमा आगामी नेतृत्व चयनमा सकस परेको छ । नेतृत्वका लागि आकाङ्क्षीहरू बीच सहमति हुन नसकेपछि गत पुस २३ गतेदेखि हेटौँडामा सुरु एमाले मकवानपुरको अधिवेशनले हालसम्म पनि नेतृत्व छान्न सकेको छैन ।सहमतिबाट एमाले मकवानपुरको नेतृत्वको चयन गर्नका लागि पटक/पटक भएको छलफलबाट निष्कर्षमा पुग्न नसकेपछि हिजो शनिवारबाट निर्वाचनको कार्यक्रम तय भएको थियो । तर, आवश्यक तयारीहरू नपुगेको भन्दै निर्वाचनको कार्यक्रम आज आइतबार बिहानसम्मका लागि स्थगित गरियो ।अधिवेशनको उद्घाटनको कार्यक्रम सुरु भए लगत्तै न

सम्बन्धित सामग्री

एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

धनगढी – आइतबार उद्घाटन गरिएको नेकपा एमाले कैलालीको नवौं अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न मंगलबार मात्र निर्वाचन प्रक्रिया सुरु भएको छ। जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन, दाबी विरोधलगायतका सूचना जारी गर्दै प्रक्रिया सुरु गरेको हो। आज साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणको प्रक्रिया अघि बढाइने निर्वाचन कमिटीले जारी गरेको […]

एमाले रौतहटमा जुटेन सहमति, आइतबार निर्वाचन

रौतहट : नेकपा (एमाले) रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो। उपाध्यक्ष पदका लागि रुपेशकुमार पटेल, सुरेशकुमार राय यादव, मणिलाल सहनीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै नेकपा एमालेको जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य र रवि मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत बाल

अन्यथा निर्वाचन प्रक्रिया अघि बढ्न नदिइने एमाले अडान

एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १६ वटा मतदान केन्द्रमा पुनः मतदानको माग गरेको हो।...

मतदाताभन्दा बढी मत खसेपछि एमाले दैलेखको निर्वाचन प्रक्रिया रद्द

दैलेख : मतदाता संख्या भन्दा बढी मत खसेपछि नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द भएको छ। कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द गरिएको हो।पुस २३ गते उद्घाटन गरिएको एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कमिटी चयनका लागि पुस २७ गते बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो। अधिवेशनका लागि ११ स्थानीय तहका वडाहरूबाट ७२१ जना प्रतिनिधि चयन भएका थिए।मतदान सकिएपछि मुचुल्का उठाउँदा ७१७ मत खसेको उल्लेख छ। तर मतगणनामा ७४८ मत भेटिएको छ। अर्थात् म

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु भएको छ ।  मनोनयन दर्ता प्रकृयाका लागि फाराम बाँड्ने कार्यक्रम सुरु भएको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई जानकारी दिए ।यद्यपि अन्तिम समयसम्म सहमतिको प्रयास पनि सँगसँगै जारी रहने उनको भनाइ छ । ‘सहमतिको प्रयास पनि जारी छ,  यदि भएन भने हुन्छ ।’शनिबार दिउँसो निर्वाचन कमिटीले  निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार  दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म अन्तिम मतदाता नामा

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया केही समय धकेलियो

काठमाडौं, मंसिर १३ । एमालेको १०औँ महाधिवेशनको निर्वाचन प्रकिया केही समय धकेलिएको छ । सोमबार राति ९ बजेबाट मतदान हुने भनिएपनि उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई सर्वसम्मत गराउन खोज्दा निर्वाचनको सयम धकेलिएको हो । विभिन्न समूहबाट उम्मेदवारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भएकाले निर्वाचन प्रक्रिया ढिलो भएको एमालेका एक नेताले बताउनुभयो […]

एमालेमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु

त्यसका लागि अहिले विहान ८ बजेदेखि मनोनयन शुरु गरिएको छ । डेढ घण्टाभित्र मनोनयन सम्पन्न गरेर निर्वाचन प्रक्रिया थाल्ने एमाले महाधिवेशन निर्वाचन आयोगले जनाएको छ । पदाधिकारीको निर्वाचन हुने अवस्था आएपछि केन्द्रीय सदस्यहरुमा पनि निर्वाचन हुनसक्ने संभावना बढेको छ ।

एमाले महाधिवेशन : संशोधित निर्वाचन कार्यतालिकाअनुसार मतदान हुँदै

काठमाडौँ – निर्वाचन आयोगले नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया लागि संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको छ । पछिल्लो कार्यतालिका अनुसार ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ भने उम्मेदवारका आकांक्षीलाई ९ : २० सम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ। त्यसैगरी ९ : ३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। यसअघि आइतबार राति नै […]

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

चितवन : नेकपा एमालेको दशौं  महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धी  प्रक्रिया आज बिहान सुरु हुने भएको छ। आज बिहानदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोग अध्यक्ष डाक्टर विजय सुब्बाले जानकारी दिए। एमालेको महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनको अन्तरगत हिजोको बन्दसत्रले केन्द्रीय कमिटी चयनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएर विधान संशोधन गरिसकेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको

एमाले १०औँ महाधिवेशन : प्रतिनिधिहरूको  निर्वाचन प्रक्रिया सुरु

एमालेले करिब आठ लाख संगठित सदस्यबाट दशौँ महाधिवेशनका प्रतिनिधिको निर्वाचन प्रक्रिया सुरु गरेको छ । देशका सबै भौगोलिक, गैरभौगोलिक कमिटी, जनसंगठन र प्रवासमा शनिबार एकै दिन प्रतिनिधि निर्वाचित गर्ने गरी एमालेले...