भारतीय नागरिकले नेपालको नागरिकता लिन खोज्दा…

पर्सा, १५ साउन । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जना बुधबार दिउँसो वीरगंज महानगरपालिका १३ बाट पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका २ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र […]

सम्बन्धित सामग्री

भारतीय ज्वाइँलाई छाेरा बनाएर नेपाली नागरिकता दिलाएपछि.

कपिलवस्तु – कपिलवस्तुमा भारतीय नागरिकलाई छोरा बनाएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे छ ।महाराजगञ्ज नगरपालिका–३ वरगदीका राधेश्याम बरईले आफ्ना ज्वाईँ (जेठी छोरीका पति) भारतीय नागरिक धरमविरलाई छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे हाे । नागरिकता प्रमाणपत्रधारी भारतीय नागरिक धरमविरलाई नेपालमा रामकुमार बरईको नामबाट आफ्नो छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको भन्दै वरगदीका राधेश्याम बरईमाथि उजुरी परेपछि घटना बाहिरिएको छ । उजुरी प्राप्त हुनासाथ जिल्ला...

पर्सामा एकाघरका चार जनासँग दोहोरो नागरिकता, सिडिओसँगको मिलेमतोमा लिएको खुलासा

काठमाडौं, ८ असार । एकघरका चार जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको तथ्य बाहिरिएको छ । नेपाली नागरिकतामा पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर–९ स्थायी ठेगाना भएका भारतीय नागरिक रामनाथ सोनारको एकघरमा चार जना सदस्यले नेपाली नागरिकता लिएका हुन् । सोनारका भतिजाहरु गोपालप्रसाद सोनार, रामनरेश साह सोनार र भतिजी बुहारी मञ्जुदेवी सोनारको नेपाली र भारतीय दुवै […]

भारतीयलाई नागरिकता दिलाउन सिफारिसदेखि सर्जमिन गराउनेसम्ममा वडाध्यक्षकै संलग्नता

नक्कली आमा बनेकी फुलियादेवी र भारतीय नागरिक धीरज मुखिया पक्राउ सप्तरीमा जनप्रतिनिधिले भारतीय नागरिकलाई नेपाली नागरिकताका लागि सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराइदिने गरेको भेटिएको छ । नागरिकता बनाइदिन आमा बनेकी माइजू र भारतीय...

नगरपालिकाकी उपप्रमुखविरुद्ध उजुरी, भारतीय नागरिक रहेको दाबी

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित यादवविरुद्ध कीर्ते गरी नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो। ‘प्रशासनमा उजुरी दर्ता भएको सुनेको छु,’ सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले न्युज कारखानालाई जानकारी […]

डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी भारतीय नागरिक !

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित यादवविरुद्ध कीर्ते गरी नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो । ‘प्रशासनमा उजुरी दर्ता भएको सुनेको छु,’ सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी […] The post डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी भारतीय नागरिक ! appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नक्कली नेपाली नागरिकता लिएर करोडौँ ठगी गर्ने भारतीय नागरिक पक्राउ

न्युज अफ नेपाल, काठमाडौं । भारतको हिमान्चल प्रदेशमा जन्मिएर नेपालमा लामो समयदेखि बस्दै आएका रबीकुमार सिंहले नक्कली नेपाली नागरिकता लिएर करोडौ ठगी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको लाटीकोइली गाउंपालिकाबाट नोपली नागरिकता लिएका सिंहले बिभिन्न बहाना बनाएर ठगी गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ । सिंहले नारायणगढ बुटवल खण्डको बाटो बिस्तारकालागि […]

भारतीयलाई नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्ष पक्राउ

नवलपरासी। भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा नवलपुर–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा पक्राउ परेका छन्। उनीसहित आठजनाले जमिर देवन नाम गरेका भारतीयलाई स्थानीय भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएका थिए। पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित सदस्य पवित्रा सापकोटा, भारतीय नागरिक जमिर देवन, नक्कली बाबु सफीअल्ला मियाँ र चारजना साक्षीहरु रहेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन्।

नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले वडा अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जना पक्राउ परेका हुन् ।उनीहरुलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् । पक्राउ पर्नेहरुमा अध्यक्ष सापकोटासहित ३३ वर्षीय भारतीय नागरिक

नेपाली नागरिकता लिने भारतीय विराटनगरबाट पक्राउ

विराटनगर / झुठा विवरण पेस गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएका एक जना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । भारतको अररिया जिल्लास्थित नरपतगञ्जका बासिन्दा अनिरुद्ध शर्मा पक्राउ परेका हुन् । मोरङ प्रहरीको विशेष टोलीले सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिका–५ चाँदनी चोकबाट पक्राउ गरेको हो । आफू नेपाली नागरिक भएको गलत विवरण पेस... The post नेपाली नागरिकता लिने भारतीय विराटनगरबाट पक्राउ appeared first on Purbeli News.