उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर मिसाइल परीक्षणमा प्रयोग गर्दै

उत्तर कोरिया । उत्तर कोरियाले साइबर आक्रमणबाट करोडौं डलरको क्रिप्टोकरेन्सी चोरेको छ। त्यो पैसा देशको क्षेप्यास्त्र कार्यक्रममा खर्च गर्न प्रयोग गरिएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमार्फत सञ्चारमाध्यमलाई जनाइएको छ। ५० मिलियन डलरभन्दा बढी डिजिटल सम्पत्ति सन् २०२० र २०२१ बीच साइबर आक्रमणकारीद्वारा चोरी भएको अन्वेषकहरूले पत्ता लगाएका छन्संयुक्त राष्ट्रको प्रतिवेदनले यस्ता आक्रमणहरू प्योङयाङको आणविक र ब्यालिस्टिक […]

सम्बन्धित सामग्री

उत्तर कोरियाले रूसलाई सात हजार हतियार पठाएको सियोलको दाबी

सियोल – युक्रेनसँगको युद्धमा प्रयोग गर्न उत्तर कोरियाले रूसलाई करिब सात हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले सोमबार बताएका छन् । युक्रेनमाथि आक्रमण गरेको भन्दै रूस र उत्तर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको छ भने प्योङयाङले आणविक हतियार परीक्षण गरेको भन्दै प्रतिबन्ध लगाएको छ । रूसी नेता भ्लादिमिर पुटिन र किम जोङ उनबीच गत सेप्टेम्बरमा […]

उत्तर कोरियाले रुसलाई एक हजार कन्टेनर हतियार पठायो : अमेरिका

उत्तर कोरियाले रुसलाई हतियार पठाएको आरोप अमेरिकाले लगाएको छ।अमेरिकी अधिकारीहरूले रुसलाई उत्तर कोरियाले ठूलो संख्यामा सैन्य उपकरण पठाएको र त्यो युक्रेनमा प्रयोग हुने आरोप लगाएका हुन्।अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बिले उत्तर कोरियाले यसै साता उपकरण र युद्ध सामग्रीले भरिएका एक हजारभन्दा धेरै कन्टेनर पठाएको आरोप लगाए। अधिकारीहरूले केही तस्विर पनि सार्वजनिक गर्दै भनेका छन्, ‘यो तस्विर कोरियाको नेजिनमा एकसाथ रोकिएका ३ सय कन्टेनरका हुन्।’गत महिना उत्तर कोरियाका न

पुटिनको ‘निजी सेना’लाई उत्तर कोरियाले हतियार दिएको अमेरिकाको आरोप

उत्तर कोरियाले युक्रेनविरुद्ध प्रयोग गर्नका लागि रुसको वाग्नर समूहलाई मिसाइल र रकेट आपूर्ति गरेको अमेरिकाले आरोप लगाएको छ । वाग्नर रूसी सरकारद्वारा समर्थित लडाकुहरूको समूह हो जसले रूसी हितका लागि काम गर्दछ ।येवगेनी प्रिगोजिनले यस निजी सेनालाई कम्पनीको रूपमा रकम दिन्छ । प्रिगोजिन पुटिनको नजिक छन् । यसलाई पुटिनको निजी सेना पनि भनिन्छ । ह्वाइट हाउसले हतियारको यो खेप पठाएर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन भएको जनाएको छ । वागनरमाथि अब थप प्रतिबन्ध लगाइनेछ ।यद्यपि, उत्तर क

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ रकम चोरी गर्ने गरेको आरोप

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ । संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको दाबी गरेको हो । सन् २०२० र २०२१ बीचको अवधिमा ह्याकरले ५ करोड डलरभन्दा बढी डिजिटल सम्पत्ति चोरी गरेको प्रतिवेदनले देखाएको बीबीसीले जनाएको छ । पछिल्लो समय यस्तै स्रोतबाट उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि रकम जुटाउने गरेको दाबी पनि गरिए...

उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर मिसाइल परीक्षण गर्दै

उत्तर कोरियाले साइबर हमलाबाट लाखौँ डलर मूल्यको क्रिप्टोकरेन्सीको चोरी गरेको छ र यी पैसा देशको मिसाइल कार्यक्रमका लागि प्रयोग गरिरहेको छ ।संयुक्त राष्ट्रको एक रिपोर्टमार्फत् यो कुरा मिडियालाई बताइएको छ ।सन् २०२० देखि २०२१ को मध्यसम्म साइबर हमलाकर्तामार्फत् ५० मिलियन डलरभन्दा बढी डिजिटल सम्पत्तिको चोरी गरिएको अनुसन्धानकर्ताले बताएका छन् ।संयुक्त राष्ट्रको रिपोर्टले बताए अनुसार यस्ता खालका हमला प्योङ्याङको परमाणु  र ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि एक महत्वपूर्ण राजस्वको स्रोत हो

उत्तर कोरियाले साइबर आक्रमणबाट लाखौँ डलर चोरी गरेको राष्ट्र संघको दाबी

उत्तर कोरियाले साइबर आक्रमणबाट लाखौँ डलर चोरी गरेको संयुक्त राष्ट्र संघको एक अध्ययनले देखाएको छ। राष्ट्र संघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तर कोरियाले साइबर आक्रमणमार्फत् क्रिप्टोकरेन्सी चोरी गरेर क्षेप्यास्त्र कार्यक्रम विस्तार गरिरहेको छ।अनुन्धानकर्ताहरुले उत्तर कोरियाले सन् २०२० र २०२१ को बीचमा साइबर आक्रमणबाट ५० मिलियन डलरभन्दा बढी सम्पत्ति चोरी गरेको पाएका छन्। यसरी चोरिएको पैसा प्योङयाङले परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि महत्त्वपूर्ण राजस्व स्रोतका रुपमा प्रयोग गरेको छ

उत्तर कोरियामा नोटको अभाव, ‘कुपन’ प्रयोग गर्न थालियो

१२ कात्तिक, काठमाडौं। उत्तर कोरियाले आर्थिक कठिनाइ र खाद्यान्न अभाव सामना गर्न नयाँ तरिका अपनाएको छ । रिपोर्ट अनुसार उत्तर कोरियाले आर्थिक कठनाइ र खाद्यान्न अभावसँग जुध्न भन्दै नगदको साटो कुपन छाप्नेदेखि आहारका लागि कालो हाँस पाल्ने लगायतका उपाय अपनाएको छ । कोभिड महामारीका कारण सीमामा लगाइएको लकडाउन लम्बिँदै गएपछि उत्तर कोरियामा आर्थिक कठिनाइ र […]

उत्तर कोरियाले पुन: सञ्चालनमा ल्यायो न्युक्लियर रियाक्टर

उत्तर कोरियाले न्यूक्लियर रियाक्टर पुनः सञ्चालनमा ल्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ। योङ्गबिअन न्यूक्लियर रियाक्टर उत्तर कोरियाले पुनः सञ्चालन गरेको संयुक्त राष्ट्रसंघीय एटोमिक एजेन्सीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको हो। परमाणु हतियारका लागि प्रयोग गरिने प्लुटोनियम सो रियाक्टरमा उत्पादन हुने ठानिएको छ। इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए) ले पछिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदनका अनुसार बन्द रियाक्टर उत्तर […]