मस्टा ग्रुपको क्रेडिट रेटिंग सम्पन्न

मस्टा ग्रुपले बैंकिङ् कारोबारलाई व्यवस्थित गर्न तथा राष्ट्र बैंकले जारी गरेको निर्देशन अन्तर्गत रहेर इन्फोमेरिक्स क्रेडिट रेटिंगम नेपाल लिमिटेडबाट १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाको लागि रेटिंग पाएको छ । संस्थाले अल्पकालीन कर्जाको लागि आइआरएन ए फोर रेटिंग पाएको छ भने दीर्घकालीन कर्जाको लागि आइजाराएन डबल वि रेटिंग पाएको हो । छोटो समयमा नै नेपालको खाद्यान्न आयात तथा विक्रि वितरणमा अग्रणी संस्थाको रुपमा  सफल भएको संस्थाले जनाएको छ  । देशभर आफ्नो व्यापार

सम्बन्धित सामग्री

मूडिजद्वारा अमेरिकाको बैंकिङ प्रणालीको ‘आउटलुक’ मा कटौती

न्यूयोर्क । क्रेडिट रेटिङ एजेन्सी मूडिज इन्भेष्ट सर्भिसले अमेरिकी बैंकिङ प्रणालीको ‘आउटलुक’मा कटौती गरेको छ । सिलिकन भ्याली बैंक असफल बनेसँगै मातृ कम्पनी एसभीबी फाइनान्सियल ग्रुपको समस्या अन्यत्र पोखिने भय बढिरहँदा मूडिजले यसअघि स्थिर भनेको यस क्षेत्रको ‘आउटलुक’ रेटिङ घटाएर नकारात्मकमा झारेको हो ।  सिलिकन भ्याली, सिल्भरगेट क्यापिटल कर्पोरेशन र सिग्नेचर बैंकमा निक्षेप फिर्ता लाने निक्षेपकर्ताकाहरूको ताँती (बैंक रन)पछि बैंकहरू सञ्चालन गर्ने वातावरण नै खस्किएको छ ।  अवस्था तीव्ररूपमा खस्किँदै गइरहेको अनि अहिले बैंकप्रति निक्षेपकर्ता र लगानीकर्ता दुवैतिरबाट संकटको खडेरी भएको एजेन्सीको भनाइ छ । संघीय नियामकहरूले एसभीबी र सिग्नेचर बैंकका निक्षेपकर्ताहरूको पैसा एकमुष्ठ फिर्ता गरिदिने घोषणा गर्दा पनि निक्षेपकर्ता र लगानीकर्ता मनोबलमा उल्लेख्य कमी आउनु अमेरिकाको बैंकिङ क्षेत्रको सम्पत्ति-दायित्व व्यवस्थापनमा आक्रामक ब्याजदर वृद्धिले जोखिम झनै बढाएको छर्लङ्गै पारेको मूडिजको भनाइ छ ।  एक हप्ताभित्रै अमेरिकाका मझौला आकारका तीन बैंक धराशायी बनेपछि अब निक्षेपकर्ताहरू पनि पैसा थुपारेर राख्ने सुरक्षित विकल्प खोज्नतिर लागेका छन् । यस्तोमा निक्षेप बीमा नगराएका अनि शेयरमा उल्लेख्य क्षति बेहोरिरहेका बैंकहरू झनै मारमा परेका छन् ।  फेडको ब्याजदर वृद्धि अनि बैंकहरूको अदूरदर्शिताका कारण अहिलेको समस्या देखिएकोले एकथरी जमातमा भने फेडले आगामी नीतिगत ब्याजदरमा ब्याजदर नबढाउने अपेक्षा बढेको छ । तर मूडिजले यसको सम्भावना देखेको छैन । ब्याजदर वृद्धिको बाटोलाई पुनः आकार दिन यो महीना फेडले ब्याजदर बढाउने मूडिजको भनाई छ ।  सन् २००८ को विश्वव्यापी वित्तीय संकटयता असफल हुने एसभी बैंक पहिलो ठूलो बैंक थियो । अहिले बैंकिङ उद्योगबाहिर मात्रै होइन, भित्रै पनि यस क्षेत्रको स्वास्थ्य अवस्थाबारे चासो र चिन्ता बढेको छ । एजेन्सी

सानिमा बैंकको नेतृत्वमा सिजी सिमेन्टलाई २ अर्ब ३७ करोड कर्जा

सानिमा बैंकको नेतृत्वमा चौधरी ग्रुपको सिजी सिमेन्टमा २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह हुने भएको छ । सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र र नेपाल एसबिआई बैंकले ऋण प्रवाह गर्ने छन् । सिजी सिमेन्टको क्लिंकर क्षमता १९५० मेट्रिकटनबाट बाटा २९५० गर्नको लागि २ अर्ब ३७ करोड ८० लाख गरेर कुल ९ अर्ब ६ करोड ३० लाख कर्जा दिन बैंकहरुबीच सम्झौता भएको छ ।

सानिमा बैंकको नेतृत्वमा सिजी सिमेन्टलाई २ अर्ब ३७ करोड कर्जा

सानिमा बैंकको नेतृत्वमा चौधरी ग्रुपको सिजी सिमेन्टमा २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह हुने भएको छ । सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र र नेपाल एसबिआई बैंकले ऋण प्रवाह गर्ने छन् ।

सानिमा बैंकको नेतृत्वमा सिजी सिमेन्टलाई २ अर्ब ३७ करोड कर्जा

सानिमा बैंकको नेतृत्वमा चौधरी ग्रुपको सिजी सिमेन्टमा २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह हुने भएको छ । सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र र नेपाल एसबिआई बैंकले ऋण प्रवाह गर्ने छन् ।