कैलालीकाे चुरेका पहिरो पीडितको बिचल्ली

काठमाडौं : कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन्।दुई वर्षअघि गएको पहिरोबाट पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन्। पहिरोबाट प्रभावित नागरिकले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।वैज्ञानिक मापदण्डविपरीत वर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ। पहिरोको कारणले गाउँ नै विस्थापित भइरहेका छन्। चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणी लगायतका गाउँमा पहिरोका कारण गावै विस्

सम्बन्धित सामग्री

कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरु

अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो। पहिरो खस्न कम भएपछि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए।...

राजमार्गमा जताततै पहिरो

त्रिभुवनराजपथ अन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ। लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रितरूपमा पहिरो झरिरहेको छ। डोजरर स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रह...

दूधकोशीमा सुख्खा पहिरो

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ स्थित करिडोर सडकको चुने भन्ने ठाउँ नजिकैबाट दूधकोशी नदी किनारमा झरेको सुख्खा पहिरो । करिब दुई साता अघिदेखि सुख्खा पहिरो झर्न सुरु गरेको स्थानीयवासी बताउँछन् । तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस

बुटवलका पहिरो प्रभावित भन्छन् : राहत होइन, पहिरो नियन्त्रणको योजना बनाऊ

बुटवल– बुटवल ज्योतीनगरका पहिरो प्रभावितहरूले राहतभन्दा पनि पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गरेका छन् । चुरेबाट खसेको पहिरोले गत १३ र १४ भदौमा ज्योतीनगरका एक दर्जन घर पुरिएका थिए भने ५० घर जोखिममा परेका थिए । पहिरोले ठूलो क्षति पुर्‍याएपछि पहिरो प्रभावित क्षेत्रका बासिन्दाले अब दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण गर्न माग गरेका हुन् […]

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

चितवन, ६ असोज । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय […]

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुर

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ।गएराति करिब १२ बजेको समयमा पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाउने काम सुरु गरिएको छ। पहिरो पन्छाएर बाटो खुल्न तीनदेखि चार घण्टासम्म लाग्‍न सक्‍ने प्रहरीको अनुमान छ।

सिन्धुपाल्चोकको दनुवार गाउँमा पहिरो

लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ  । पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको  र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनले जानकारी दिए ।  उनले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तहलाई आग्रह गरे । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।६२ लाख हिनामिना गरी फरार व्यक्ति पक्राउसहकारीमार्फत रु  ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका ए

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो

चितवन । हिजोदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । लगातारको वर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले पहिरो पन्छाउन पनि सकिएको छैन । बिहीबार देखि नै अवरुद्ध सडकमा हिजो पहिरो पन्छनएर एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर पुनः पहिरो गएपछि यातायात अवरुद्ध भएको छ । पहिरोका […]

नारायणगढ–मुग्लिन सडकखण्डमा दुई स्थानमा पहिरो

काठमाडौं, असार १८ । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान साढे ५ बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ। पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो […]