प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको विशेषाधिकार होः वरिष्ठ अधिवक्ता पन्त

काठमाडौं। वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको तर्क गरेका छन्। संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वहस गर्दै उनले भने, “संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलीय ह्वीप नलाग्ने कुरा सही होइन, संविधानको धारा ७६ (५) निर्दलीय हुन्छ? त्यहाँ लेख्नुपर्दैन ? धारा ७६(५) मा निर्दलीय हुन्छ भनेर लेखेको छ र?”

सम्बन्धित सामग्री

राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने आधार उचित लागेन : वरिष्ठ अधिवक्ता महतो

काठमाडौं। वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क राखेका छन्। “दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ। आधार पनि कानूनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देउभन्दा राष्ट्रपतिलाई आधार लागेन,” आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्दै वरिष्ठ अधिवक्ता महतोले भने।

प्रधानन्यायाधीशलाई एमिकस क्युरीको जवाफ : संविधान टिपेक्स लगाउने अवस्थामा छैन

काठमाडौं : एमिकस क्युरीका पाचौं सदस्य वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा आफ्नो राय सुझाव प्रस्तुत गरिरहेकी छन्।  बिहीवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्णमान शाक्यलाई सोधेको प्रश्न धारा ७६ (७) को पछाडिको वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा भन्ने वाक्यमा एकछिन टिपेक्स लगाएर हेरौं, २०४७ सालको धारा ५३…