काठमाण्डाै – ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।
आज पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोलले हरायो । मनाङको लागि पहिलो हाफको इन्जुरी समयमा कप्तान अञ्जन विष्टले गोल गरे । मनाङले पाएको पेनाल्टी शिशिर लेखीले सदुपयोग गर्न सकेनन् । जितसँगै मनाङ सात खेलमा १६ अंकसहित शीर्ष स्थानमा पुगको छ । एक खेल कम खेलेको मछिन्द्र क्लबको १४ अंक छ । ब्रिगेड पाँच अंकसहित १२ औँ स्थानमा छ ।