संसद बैठक : कानून निर्माणमा तीव्रता दिन साना दलको माग

काठमाडौं । कानून निर्माणलाई तीव्र गतिमा अघि बढाउन सांसदले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने अधिकांश सांसदले संसद्को विधायिकी भूमिका कमजोर हुँदै गएकाले चालु अधिवेशनमा कानून निर्माणमा जोड दिए । उनीहरूले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका सम्बन्धमा सन्तोषजनक काम हुन नसकेकोसमेत उल्लेख गरे ।  बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरीदविक्री प्रकरण र टेरामक्स कार्यान्वयनको विषयबारे सरकारको ध्यानाकर्षण गराए ।  केही निश्चित समूह र व्यक्तिको स्वार्थमा कानुन निर्माण हुँदा कार्यान्वयनमा समस्या हुने गरेको उनको भनाइ छ । ‘सार्वजनिक खरीद ऐन, वन ऐनले विकास निर्माणका काम अघि बढ्न दिएन भनेर गुनासो सुनिने गरेको छ । कसैको स्वार्थमा परेर कानून निर्माण भएका कारण त्यस्ता कानूनले अहिले समस्या दिएको हो,’ उनले भने । उनले कसैलाई निषेध गरेर मुलुक अगाडि नबढ्ने भन्दै सबै मिलेर देशलाई नवीन बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिए ।  जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले तराई क्षेत्रको जलसतह घट्दै जाँदा पानी अभावका कारण मरुभूमिमा परिणत हुँदै गएको विषयमा सरकारको ध्यानाकर्षण गराए । तराई क्षेत्रमा खेतीबालीका लागि मात्रै नभई पिउने पानीको समेत अभाव देखिन थालेको सांसद अधिकारीले बताए । गिट्टी बालुवा उत्खनन हुँदा चुरे क्षेत्र नाश भएको भन्दै उत्खनन् रोक्नुपर्ने उनको माग छ ।  सरकारले ल्याउने बजेट सन्तुलित नरहेको भन्दै उनले भने, ‘बजेट सन्तुलित छैन । जहाँ बढी जनसङ्ख्या छ, आवश्यकता छ त्यहाँ बजेट नदिने हो भने सन्तुलित विकास हुन सक्दैन । बजेट विनियोजनमा विभेद हुनु हुँदैन ।’ उनले सङ्घीय कर्मचारी ऐन र प्रहरी ऐन बन्न नसकेको विषय पनि संसद्मा उठाए ।  जनमत पार्टीका सांसद अब्दुल खांनले संसद्का अघिल्ला दुई अधिवेशनको प्रभावकारी हुन नसकेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भनेर छलफल गरिनुपर्ने बताए । संसद् जनताप्रति उत्तरदायी हुन नसकेको पनि उनको आरोप छ ।  ‘अघिल्ला दुई अधिवेशनको समीक्षा नगरी अहिले हामी एकअर्कामाथि आरोप प्रत्यारोप लगाइरहेका छौं । एक–अर्कालाई विभिन्न प्रश्न तेर्स्याउने काम गरिरहेका छौं । त्यो राम्रो होइन । संसद्मा दलीयरूपमा भन्दा पनि हाम्रो मुलुकको आवश्यकता के हो भनेर हेर्न जरुरी छ । संसद् जनताप्रति उत्तरदायी हुनुप¥यो,’ सांसद खानले भने ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता सर्वेन्दनाथ सुक्लाले नेपालको जनशक्ति र जलशक्तिको भरपूर उपयोग गर्न सक्नुपर्ने बताए । ‘जनशक्ति र जलशक्तिको प्रचुरता भएको हाम्रो देश हो । जनशक्ति दिनानुदिन पलायन भइरहेको अवस्था छ । जलशक्ति पनि विक्री हुने अनिश्चितताका कारण खेर जाने परिस्थिति थियो ।  जलशक्ति मुद्रामा परिणत हुन सकेको छैन,’ सांसद सुक्लाले भने, ‘तर पछिल्लो समय नेपाल र भारतबीच नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात खरीद गर्ने गरी सम्झौता भएको छ । यो राम्रो पक्ष हो । यसले मुलुकको विकासको बहुआयामिक विकासको ढोका खोलेको छ ।’ नेपाल अहिले अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइनुपर्ने उनले बताए ।  नागरिक उन्मुक्ति पार्टीका सांसद लालविर चौधरीले विभिन्न पूर्वाधार आयोजनाको अनुगमन र निरीक्षणलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । संसद्को चालु अधिवेशन निकै ढिलो गरी मात्र आह्वान भएको उनले बताए । चालु आर्थिक वर्षमा विकास निर्माणका लागि विनियोजन बजेट निकै न्यून रहेको तथा विनियोजनमा कुशलता नदेखिएको उनको टिप्पणी थियो ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद्को चालु अधिवेशनबाट देश र जनताको हितमा कानुन बन्ने र संसद्मा उठेका विषयको कार्यान्वयन भए–नभएको बारे प्रभावकारी अनुगमनसमेत हुने विश्वास आफूले लिएको बताए । नेपाली जनता पूँजीवादी गणतन्त्रको पक्षमा नभई समाजवादी गणतन्त्रको पक्षमा रहेको उनको भनाइ छ । सिन्धुपाल्चोक, रसुवा, नुवाकोटलगायतका जिल्लामा विकास पूर्वाधार निर्माणका क्रममा देखिएका समस्या उनले संसद्मा उठाए ।  राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदका विधायिकी भूमिका कमजोर रहेको बताए । ‘संसद्को मुख्य काम नियम कानुन बनाउने हो । तर, अहिले सांसद विकासका ‘एजेन्ट’ भएका छौं । एकातिर हाम्रो काम नियम कानुन बनाउने र अर्कोतर्फ विकास निर्माणका काममा ठेकेदारजस्तो हुनुपर्ने कुरा मिलेको छैन,’ उनले भने ।  आम जनता पार्टीका सांसद् प्रभु साहले देशको आर्थिक अवस्था भयावह बन्दै गएको बताए । त्यस्तै, अहिले विप्रेषण आप्रवाह बढेको र त्यसले अर्थतन्त्रलाई राम्रो गरेको भनेर प्रचार गरिनु गलत रहेको उनको भनाइ छ । विगतका वर्षको तुलनामा अहिले विदेश गएको जनशक्ति निकै धेरै रहेको उल्लेख गर्नुहुँदै सांसद साहले अहिले तुलनात्मक रूपमा कम रेमिट्यान्स आइरहेको दाबी गरे ।  स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिले जनताका समस्याप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए । रासस

सम्बन्धित सामग्री

एमालेको अवरोधका कारण स्थगित संसद बैठक पुन:सुरु

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण स्थगित भएको संसद बैठक पुन:सुरु भएको छ। विवाददित मन्त्रीहरूले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खास्त् गर्नुपर्ने माग राख्दै एमालेले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। उक्त बैठक करिब १५ मिनेटपछि पुन:सुरु भएको छ। प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा […]

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

झापाको विर्तामोडमा संसद बैठक, सभामुख घिमिरे पनि सहभागी (तस्बिरहरू)

झापा-संघीय संसद सचिवालयको आयोजनामा झापाको बिर्तामोडमा नमूना संसद बैठक बसेको छ। झापाको क्षेत्र नं २ का विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराएर नमूना संसद बैठक बसेको हो। नमूना बैठक अवलोकन गर्न सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर तथा राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूको उपस्थिति छ। तस्बिरहरू:

उच्चस्तरीय समितिमा कुरा नमिल्दा संसद बैठक सुरु हुन सकेन

सुन तस्करी प्रकरणको छानबिन गर्न प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय समितिको माग गरेपछि १ बजेका लागि बोलाइएको संसद बैठक बस्न सकेको छैन ।

संसद बैठक सुरु (लाइभभिडियो)

काठमाडौं, १० जेठ । संसद बैठक सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवनमा बैठक सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछिन् ।

एमालेले आज पनि संसद बैठक अवरोध गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको प्रमुख सचेतक विशाल भट्टराईले बताए। सभामुखले आफूहरुको शर्त पूरा नगरेसम्म संसद बैठक चल्न नदिने उनको भनाइ छ। सभामुखले संवादबाट विवाद समाधान गर्नका लागि

संसद बैठक चलाउनु गर्नुपर्नेमा माओवादी केन्द्रको जोड

काठमाडौं, भदौ २३ । नेकपा माओवादी केन्द्रले सत्ता र प्रतिपक्षको सहमतिमा संसद बैठक चलाउनु पर्नेमा जोड दिएको छ । माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले संसदबाट अध्यादेशहरु पास गराउन पहल लिने निर्णय पनि गरेको छ । प्रमुख विपक्षी एमालेले संसद बैठक चल्न नदिने भनी लिएको अडानप्रति ध्यानाकर्षण भएको भन्दै माओवादी […]