बागमती र खजुरा युनाइटेड विजयी

नेपालगञ्ज – खजुरा गाउँपालिका– १, सैनिक चलिरहेको स्व। श्याम थापा स्मृति फुटबल प्रतियोगितामा बागमती स्पोर्टस क्लव र खजुरा युनाइटेड विजयी भएका छन्। जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको आइतबारको पहिलो खेलमा बागमती स्पोर्टस क्लवले एकतर्फी जीत निकालेको छ। बागमतीले जयकिसान स्पोर्टस क्लव (बी) लाई ५–१ गोलले पराजित गरेको छ। खेलको १५ मिनेटमा अल्बिनसिंह ठकुरीको […]

सम्बन्धित सामग्री

खजुरा बजारको सडकको ठेक्का रद्द

नेपालगञ्ज – सडक डिभिजन कार्यालय, नेपालगञ्जले नेपालगञ्ज–बर्दिया सडकखण्डअन्तर्गत खजुरा बजार र भाडा–गुलरिया खण्डको सम्झौता रद्द गरेको छ। गजुरमुखी निर्माण कम्पनीलाई ठेक्का दिइएको यो सडकखण्ड लामो समयसम्म निर्माण नभएपछि सडक डिभिजन कार्यालयले सूचना निकालेर सम्झौता तोडेको जनाएको छ। खजुराको एक हजार आठ सय मिटर र दुई हजार दुई मिटरको भादा–गुलरिया सडक निर्माण गर्न गजुरमुखीसँग २०७४ चैत्र […]

खजुरा–गुलरिया सडक अलपत्र, स्थानीय आन्दोलित

सडक डिभिजन कार्यालय नेपालगन्जअन्तर्गत बाँकेको नेपालगन्ज–खजुरा–गुलरिया सडक निर्माण अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने एक हजार ८ सय मिटर लम्बाइको सडक निर्माणमा लापरबाही गरी निर्माण कार्य अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । २०७४ चैत्र २९ मा सम्झौता गरी निर्माण कार्य सुरु भएको उक्त […]

खजुरा गाउँपालिकाले फुसका छाना हटाउँदै

नेपालगञ्ज, १२ वैशाख । बाँकेको खजुरा गाउँपालिकाले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत विशेष अनुदानमा फुसका छाना हटाउने भएको छ । गाउँपालिकाभित्रका सबै फुसका घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित घर बनाउन योजना अघि बढाइएकोे खजुरा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पहिलो चरण अन्तर्गत चालु आर्थिक वर्षमा एक सय ५६ घरधुरीमा फुसका […]

श्याम थापा स्मृति फुटबलः खजुरा युनाइटेड सेमिफाइनलमा

नेपालगञ्ज – खजुरा युनाइटेड क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा खजुरा युनाइटेडले शान्ति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ। खजुरा युनाइटेडका लागि निरज सुनारले १६औँ मिनेट र सरोज क्षेत्रीले ३३औँ मिनेटमा गोल गरेका थिए। मंगलबार नै भएको […]

खरको छानामुक्त हुँदै खजुरा

खजुरा– बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित  गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।  यसभन्दा अघि यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको छ । संघीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना […]

स्वास्थ्य सेवामा अब्बल बन्दै खजुरा

राँझा– बाँकेको खजुरा गाउँपालिका जनप्रतिनिधि आएको पाँच वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको छ ।  खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी प्रदेशका बर्दिया, दाङलगायत सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ठूलो सङ्ख्यामा बिरामी आउनेक्रम बढेको छ । खजुरा गाउँपालिकाले वडा नं ३ मा १५ शैययाको अर्को अस्पताल निर्माण गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई […]

बाँकेको खजुरा-१ मा कांग्रेसका मनवीर क्षेत्री विजयी

१ जेठ, नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेस-माओवादी गठबन्धनका कांग्रेस उम्मेदवार मनवीर क्षेत्री निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा खजुरा–१ मा एमालेका सुमन मल्ल विजयी भएका थिए । एमालेको पकड मानिने १ नम्बर वडामा यसपटक कांग्रेसका मनवीर क्षेत्री १८५ मत अन्तरले विजयी बनेका छन् । जितपछि क्षेत्रीले वडावासी […]

बाँकेको खजुरा गाउँपालिका बालविवाहमुक्त घोषणा

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ। बालविवाहमुक्त घोषणा हुने खजुरा जिल्लाको तेस्रो गाउँपालिका हो। बाँकेमा आठ वटा पालिका रहेका छन्। गाउँपालिकाका सबै वडालाई बालविवाहमुक्त घोषणा गरेपश्चात खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो। गाउँपालिकामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको छ। खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकालाई […]

खजुरा गाउँपालिका: इन्धनमा पाँच लाख बढी खर्च

खजुरा गाउँपालिकाले चालू आर्थिक वर्षयता इन्धन र सवारी साधन मर्मतका लागि नौ लाखभन्दा बढी रकम खर्च गरेको छ। गाउँपालिकाले इन्धनमा १५ लाख, सवारी साधान मर्मतका लागि दश लाख रुपैयाँ विनियोजन गरेको थियो।...

खजुरा– १ बालविवाहमुक्त वडा घोषणा

नेपालगञ्ज – खजुरा गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। आइतबार एक समारोहबीच वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो। वडामा गरिएको सर्वेक्षणअनुसार २० प्रतिशतभन्दा तल अर्थात् खजुरा १ मा १६ दशमलव १२ प्रतिशत बालविवाहको अवस्था रहनुका साथै बालविवाहसम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र […]