कुवेतले ग-यो १२ हजार कामदारलाई देश निकाला

काठमाडौं । कुवेतले रेसिडेन्सी कानुन उल्लंघन गरेको भन्दै तीन महिनामा १२ हजार विदेशी कामदारलाई देश निकाला गरेको छ । रेसिडेन्सी ऐन र अन्य कानुन उल्लंघन गर्नेलाई नियन्त्रण गर्न सुधार सुविधा महाशाखासँग आबद्ध रहेको निर्वासन विभागले अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा करिब १२ हजार महिला तथा पुरुषलाई देश निकाला गरेको सुरक्षा स्रोतले जनाएको छ । विभागले […] The post कुवेतले ग-यो १२ हजार कामदारलाई देश निकाला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

फ्रान्सले १० देशका २३ हजार आप्रबासीलाई देश निकाला गर्ने

फ्रान्सले शरणको नाममा अवैध रुपमा त्यहाँ बसोबास गरिरहेका २३ हजारलाई देश निकाला गर्ने भएको छ । यसमा ट्युनिसिया, लिबिया, इजिप्ट , सिरिया, इराक, पाकिस्तान र मोरक्को, जस्ता केही एसियाली र अफ्रिकी देशहरू सहित १० देशका मानिसहरू समावेश छन् । फ्रान्समा कट्टरपन्थीको वृद्धि र अगस्टमा हुने ओलम्पिक खेलको तयारीका रूपमा यस कार्यलाई हेरिएको छ । गत […]

कानुन उल्लंघन गर्ने विदेशीमाथि कुवेत सरकार ‘एक्सन’मा

काठमाडौं । कुवेतबाट सन् २०२३ मा ४२ हजार ८ सय विदेशीलाई देश निकाला गरिएको छ । त्यहाँको निर्वासन प्रशासनले गत वर्ष देशको कानुन उल्लंघन गर्ने अभूतपूर्व संख्यामा विदेशीलाई देश निकाला गरेर कीर्तिमान कायम गरेको सुरक्षा स्रोतले खुलासा गरेको छ । एकै वर्ष ४२ हजार ८ सयलाई देश निकाला सन् २०२३ को १ जनवरीदेखि ३१ डिसेम्बरसम्मको […] The post कानुन उल्लंघन गर्ने विदेशीमाथि कुवेत सरकार ‘एक्सन’मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाइडेन प्रशासन अन्तरगत २०२३ मा १ लाख ४२ हजार कागजपत्रविहिनको देशनिकाला

अमेरिको अध्यागमन र भन्सार प्रवर्तन एजेन्सी आइसले आर्थिक बर्ष २०२३ मा १ लाख ४२ हजार भन्दा बढी आप्रवासीहरूलाई अमेरिकाबाट देश निकाला गरेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो । बाइडेन प्रशासनले अवैध सीमा पार गर्नेहरूलाई रोक्नको लागि आइसको गतिविधि तीव्र पारेको थियो । एजेन्सीको वार्षिक प्रतिवेदन शुक्रबार प्रकाशित भएको छ। देश […]

कुवेतले गर्‍यो २४ हजार विदेशीलाई देश निकाला

दोहा- कुवेतले तीन महिनाको अवधिमा २४ हजार विदेशीहरूलाई देश निकाला गरेको छ । आपराधिक र दुर्व्यवहारका घटनामा संलग्न भएको आरोपमा जनवरी १ देखि जुलाई ३१ सम्मको अवधिमा विभिन्न राष्ट्रियताका भएका २४ हजार आप्रवासीहरूलाई उनीहरूको देश निकाला गरिएको कुवेतको सुरक्षा स्रोतले जनाएको छ । कुवेतको रेसिडेन्सी मामिला अनुसन्धान र सार्वजनिक सुरक्षा क्षेत्रको सामान्य विभागले रेसिडेन्सी कानून […]

कुवेतले गर्‍यो ९ हजार विदेशीलाई देश निकाला

दोहा– पछिल्लो तीन महिनाको अवधिमा कुवेतले ९ हजार विदेशीहरूलाई देश निकाला गरेको छ । आपराधिक र दुर्व्यवहारका घटनामा संलग्न भएको आरोपमा विभिन्न राष्ट्रियता भएका ९ हजार आप्रवासीहरूलाई देश निकाला गरिएको कुवेतको सुरक्षा स्रोतले जनाएको छ । देश निकाला गरिएकामध्ये करिब ४ हजार महिला रहेको बताइएको छ । देश निकाला गरिएका मध्य पहिलो स्थानमा भारतीय समुदाय, […]

कुवेतले रेसिडेन्सी कानुन उल्लङ्घन गर्ने आप्रवासीलाई देश निकाला गर्ने

दोहा – कुवेतले सबै रेसिडेन्सी कानुन उल्लङ्घन गर्ने आप्रवासीहरूलाई देश निकाला गर्ने भएको छ। कुवेतमा एक लाख ८२ हजार आप्रवासी कामदारहरू छन्। जसमध्ये धेरै जसो नक्कली कम्पनीहरू अन्तर्गत दर्ता भएका र आवासीय क्षेत्रमा बसोबास गरिरहेका छन्, यस सम्बन्धी आवश्यक कारबाही गर्ने एउटा योजना खुलासा भएको छ । त्यहाँको गृह मन्त्रालयले जनशक्तिका लागि सार्वजनिक प्राधिकरणसँगको समन्वयमा […]

फिलिपिन्सले ४० हजार चिनियाँ कामदारलाई देश निकाला गर्दै

फिलिपिन्सले १७५ अपतटीय फर्महरूको सञ्चालन रोक्ने र लगभग ४० हजार चिनियाँ कामदारहरूलाई देश निकाला गर्ने भएको छ। फिलिपिन्सको न्याय मन्त्रालयका एक अधिकारीले सोमबार भने कुख्यात अपारदर्शी अनलाइन गेमिङ उद्योगलाई प्रतिबन्ध लगाउनका लागि कडा कदम चाल्ने जनाएका छन्।

साउदी अरेबियाबाट साढे ११ हजार गैरकानुनी कामदारलाई देश निकाला

दोहा – साउदी अरेबियाले ११ हजार ६४७ गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । विदेशी आप्रवासी नागरिक तथा श्रम कानुन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्नेलाई देश निकाला गरिएको राहदानी महानिर्देशनालय (जवाजत)ले जनाएको छ । जवाजतका अनुसार १४-२० अप्रिलको अवधिमा सुरक्षा निकायका विभिन्न इकाई र जवाजतले गरेको संयुक्त फिल्ड अभियानमा सुरक्षा अधिकारीहरूले गत साता १३ […]

३१ सय बढी विदेशीलाई देश निकाला

पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन्

कुवेतमा एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला

दोहा- नेपाली कामदारको श्रम गन्तब्य रहेको कुवेतले एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको गृह मन्त्रालयका अनुसार अक्टोबर १ देखि नोभेम्बर २ तारिखसम्म आबासीय कानून उल्लङ्घन गर्ने २ हजार १९० आप्रवासी कामदारलाई देश निकाला गरिएको जनाएको छ । विदेशी कामदारलाई देश निकाला यो निर्णय त्यहाँका गृहमन्त्री शेख थामेर अल-अलीले […]