वीरगंजमा थप ७ संक्रमितको मृत्यु, घट्दै संक्रमण दर

वीरगंज : वीरगंजमा थप ७ जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा ५ जना, वीरगंज हेल्थकेयर र भवानी अस्पतालमा १/१ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन्। सोमवार विहान १ बजेदेखि दिउँसो २ बजेसम्म करिब १३ घण्टाको अवधिमा एक महिलासहित ७ जनाको मृत्यु भएको जनाइएको छ। जसमा पर्साका ५ र बाराका २…

सम्बन्धित सामग्री

जाडोमा कोरोनाबाट हुने मृत्युदर बढ्न सक्छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले जाडोमा कोरोना संक्रमितको मृत्यु तथा अस्पताल भर्ना दर अझै बढ्न सक्ने जनाएको छ।हालैका केही दिनमा कोरोना संक्रमितको संख्या घट्दै गए पनि जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोरोना संक्रमितको संख्या बढ्न सक्ने जनाएको हो। यसका साथै कोरोना संक्रमितको मृत्यु दर तथा उनीहरू अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले दिएको छ।विश्व स्वास्थ्य संगठनका महानिर्देशक तेद्रोस अधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँग चिस

विश्वमा कोरोना संक्रमण दर घट्दै

विश्वमा कोरोना संक्रमण घट्दै गएको छ। एक साताअघि दैनिक २० लाखको हाराहारीमा संक्रमित थपिने गरेको थियो। त्यो संक्रमण दर घट्दै गएको छ।पछिल्लो २४ घण्टामा १५ लाख २८ हजार १०० मा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन १९ लाखमा संक्रमण पुष्टि भएको थियो।पछिल्लोपटक भेटिएका संक्रमितमध्ये रुसमा १ लाख ७९ हजार, जर्मनीमा १ लाख १७ हजार, ब्राजिलमा १ लाख ३ हजार, अमेरिकामा ३२ हजार ८०० र भारतमा १८ हजार ४०० मा संक्रमण पुष्टि भएको छ।यसैबीच पछिल्लो २४ घण्टामा ७ हजार ५०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ब्राजि

बेलायतमा एकैदिन ३९८ संक्रमितको मृत्यु, संक्रमणदर भने घट्दै

बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण सुरु भएपछिकै बढी मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ३९८ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि एक लाख ५१ हजार नाघेको छ । संक्रमण दर तीव्र हुँदै गएपनि मृत्युदरमा कमि देखिएपनि केहि दिनयता संक्रमण दर घट्दै गएको र मृत्यु दरमा वृद्धि हुँदै गएको छ ।पछिल्लो २४ घन्टामा थप एक लाख २९ हजार ५८७ जना नयाँ सं

आज १८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा नौ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ। मन्त्रालयको तथ्यांकअनुसार क्रमशः घट्दै गएको मृत्युदर फेरि उकालो लाग्ने क्रममा छ। हिजो १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा सात लाख छ हजार ९७३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

नेपालमा कोरोना संक्रमितको संख्या र मृत्युदर घट्दै

जेठ १६, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि संक्रमितको संख्या छ हजार ७४१ रहेकोमा आइतवार सो संख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४५ रहेकामा आइतवार सो संख्या घटेर १०९ पुगेको छ । यही जेठ १ गते कोरोना संक्रमितको संख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट संक्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २१४ रहेको थियो ।  जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा एक हजार ७८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट तीन हजार ७०२ तथा एन्टिजेनबाट ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।  यो सँगै कोरोना संक्रमितको संया नेपालमा पाँच लाख ५३ हजार ४२२ पुगेको छ । हाल ७६३ संक्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।    हालसम्म चार लाख ४० हजार ९५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर छ हजार २०५ संक्रमित निको भएर घर फर्किएका छन् ।  निको हुने दर ७९ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर एक लाख आठ हजार ८९७ सक्रिय संक्रमित रहेका छन् । पिसिआर परीक्षण गराउनेको संख्या ३० लाख ४२ हजार ३६९ पुगेको छ ।  काठमाडौं उपत्यकामा पनि घट्दै संक्रमितको संख्या काठमाडौं उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । यही जेठ ९ गते उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार ८२१ रहेकामा आइतवार सो संख्या घटेर एक हजार ९३ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८०४, ललितपुरमा १६८ तथा भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।  काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ३७७ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ७० हजार ३६२ संक्रमित निको भएका छन् भने एक हजार ५९९ संक्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल छ हजार ५२५ सक्रिय संक्रमित रहेका छन् । हालसम्म २६ हजार १२५ संक्रमित निको भएका छन् भने कोरोनाबाट ४३० संक्रमितको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा चार हजार ५०१ सक्रिय संक्रमित छन् । निको हुनेको संख्या १४ हजार ९६६ रहेको छ भने ३२१ संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । रासस

भारतमा संक्रमणदर घट्दै, मृत्यु हुनेको संख्या बढ्दो

काठमाडौं। भारतमा कोरोनाको संक्रमणदर घट्दो भएपनि मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा छ। भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५४ हजार ५०८ जना संक्रमित थपिएका छन् भने चार हजार १४३ जना संक्रमितको मृत्यु भएको छ। सो अवधिमा २३ लाख ५९ हजार १७ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २९ लाख ३० हजार ५४४ रहेको छ।

मृत्यु हुनेको संख्यामा दिनहुँ नयाँ रेकर्ड ! भारतमा संक्रमित घटे, मृत्यु हुने बढे

नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमितको संख्या घट्दै गएको देखिए पनि दैनिक मृत्यु हुनेको संख्या भने लगातार माथि गइरहेको छ। हिजो सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको भारतमा पछिल्लो २४ घन्टामा त्यो रेकर्ड ब्रेक भएको हो। हिजो ४ हजार ३ सय २९ जनाको मृत्यु भएको थियो जुन भारतको सबैभन्दा धेरै…

भारतमा एकैदिन २ हजार १०२ कोरोना संक्रमितको मृत्यु

नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको महामारीले भयावह रूप लिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार ७२८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार १०२ संक्रमितको मृत्यु भएको छ । कोरोनाले विकराल रूप लिएसँगै कोरोना निको हुने दर घट्दै गएको छ । भारतमा कोरोना निको हुने दर घटेर ८५.०१% पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा बिहीवार सक्रिय संक्रमितको संख्या २२ लाख ८४ हजार २०९ रहेको छ । कोरोना बढ्दै गएपछि भारतका विभिन्न राज्यमा अक्सिजन र भेन्टिलेटरको अभाव देखिएको छ ।

‘अब पनि बेड नपाएर संक्रमितको मृत्यु भए राज्यको अपराध ठहरिनेछ’

केही अगाडि संक्रमण दर घट्दै जाँदा पनि हामी जोखिममुक्त भएका थिएनौं । समुदायमा संक्रमणका स्रोत विद्यमान थिए । त्यो रहेसम्म फैलिने जोखिम रहन्छ नै । त्यो बेला पनि हामीले ‘जनस्वास्थ्यको मापदण्ड पालनामा लापरबाही गर्न मिल्दैन है,’ भनिरहेकै थियौं, तर राम्ररी मापदण्ड पालना गर्न सकेनौं । त्यसको परिणाम अहिले देखिएको छ । पहिले जस्तै अहिले पनि […]

बेलायतमा कोरोना मृत्यु दर घट्दै, एक सातामा २७.१ प्रतिशत ह्रास

लन्डन । बेलायतमा पछिल्ला केहि दिनयता कोरोना संक्रमण र मृत्यु दर निरन्तर घट्दै गएको छ । गत १२ अप्रिलदेखि १८ अप्रिलसम्मको एक सातामा १८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बितेको २४ घन्टामा थप १० जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अघिल्लो दिन ३५ जनाको मृत्यु भएको थियो । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा २७.१ प्रतिशतले ह्रास आएको सरकारी तथ्याँकले देखाएको छ ।योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २७० पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढ