नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाण्डाै – यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलंका प्रस्थान गरेको छ । विश्वकप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्नेछ । श्रीलंकामा नेपालले पहिलो श्रेणीका टोलीसँग चार वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाल, श्रीलंकाबाटै मार्च १४ मा यूएई जाने कार्यक्रम छ । त्रिदेशीय श्रृङ्खलाका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । नेपालले एकदिवसीय शृङ्खलामा यूएई र पपुवा न्यू गिनी (पीएनजी)सँग खेल्नेछ । ...

सम्बन्धित सामग्री

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंकामा

काठमाडौं । एसिया कप क्रिकेट २०२३ अन्र्तगत समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली श्रीलंका पुगेको छ । एसिया कपमा हिजो बुधबार पाकिस्तानविरुद्ध खेलेको नेपाली टोली चार्टर फ्लाइटमार्फत आज बिहान श्रीलंका गएको हो । बुधबार समूह ‘ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको बिशाल अन्तरले पराजित भएको […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाने

काठमाडौं : एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका जादैछ। सोमबार दिउंसो एक बजे मालिंगो विमानबाट नेपाली राष्ट्रिय टोली श्रीलंका जान लागेको हो। नेपाली टिमलाई सभामुख कृष्णबहादुर महराले विदाई गर्नेछन्। नेपाली राष्ट्रिय टोलीले श्रीलंकको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिम...