अछामको जयगढ–रामरोशन सडकखण्ड कालोपत्रे योजनामा ढिलाइ भएको छ । सो सडकखण्डको बान्नीगढी–जयगढ गाउँपालिका जयगढ बजारदेखि दर्नासम्मको कालोपत्रे योजनामा ढिलाइ भएको हो ।
सडक कालोपत्रे योजनाको जिम्मा लिएको बज्रगुरु कन्ट्रक्सनले ढिलासुस्ती गर्दा योजनाको कामले गति लिन सकेको छैन ।