अर्थतन्त्र बाहिर प्रचार गरेजस्तो नकारात्मक र निराशाजनक छैन : अर्थमन्त्री

ढोरपाटन (बागलुङ) । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाजनक नभएको बताएका छन्। पञ्चकोटमा सञ्चालित अनन्त ब्रह्माण्डीय महायज्ञका अवसरमा आज आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको योगदानसम्बन्धी सम्मेलनमा देशको अर्थतन्त्रमा सुधारका संकेतहरू देखिन थालेका बताए । अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका छन्, बाहिर प्रचार गरेजस्तो नकारात्मक नभएको अर्थमन्त्रीले स्पष्ट गरे । देशको अर्थतन्त्र सङ्कटमा रहेका बेला आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेको र त्यसपछि क्रमशः अर्थतन्त्रमा सुधार आएको उनले बताए । “बैङ्क ब्याजदर घटेको छ, मूल्यवृद्धि दर घटेको छ, अरू धेरै सूचकहरु सकारात्मक छन्, अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ । अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन म प्रयत्न गरिरहेको छु,” मन्त्री महतले भने, “नेपालमा नराम्रा कुराको बढी प्रचार हुने गरेको छ, यहाँ यति धेरै सम्भावना छन्, हरेक नागरिकले सकारात्मक सोचका साथ स्वदेशमा नै कम गर्नुपर्छ ।” अर्थमन्त्री महतले पछिल्लो समय पर्यटन क्षेत्र चलायमान भएसँगै बाह्य पर्यटकको आगमनमा वृद्धि हुँदा अर्थतन्त्रमा थप टेवा पुगेको बताए । पर्यटन र जलविद्युत्मा अथाह सम्भावना रहेकाले ती क्षेत्रमा रोजगारी सृजना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको उनले बताए । वैदिक सनातन हिन्दू धर्म नेपालीको मौलिकता भएको भन्दै यो धर्मबाट कोही पनि यताउता गर्न नहुनेमा उनले जोड दिए । पञ्चकोटमा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा भएका संरचनाको विकासको प्रशंसा गर्दै पञ्चकोट धार्मिक गन्तव्य हुने बताए । पञ्चकोट क्षेत्रको सडक, खानेपानीमालगायत विकासको क्षेत्रमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए । स्वामी कमलनयनाचार्यले जल, जमिनको संरक्षण गरी विकास निर्माणमा लाग्न आग्रह गरे । जल रहे मात्रै सिङ्गो मानव जीवन रहने हुँदा राज्यले यसतर्फ गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । उनले अर्थमन्त्रीमार्फत वैदिक सनतान धर्मको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए । रासस  

सम्बन्धित सामग्री

राजस्वको हस्तक्षेपविरुद्ध व्यवसायी

वीरगन्ज– राजस्व अनुसन्धान विभागको टोलीले गरेको छापामार शैलीको वीरगन्ज उद्योग वाणिज्य संघले विरोध गरेको छ । केही दिनअघि वीरगन्जमा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेर व्यापारिक फर्महरूको कागजात लिएको थियो । त्यसको संघले विरोध गरेको हो । देशको आर्थिक अवस्था निराशाजनक रहेको अवस्थामा पनि देशको अर्थतन्त्र बलियो होस् भनेर राज्यलाई कर तथा राजस्व बुझाइरहेको भए […]

नेपालको बाह्य व्यापार निराशाजनक

देशको अर्थतन्त्र र व्यापारको सन्तुलनका लागि देशको आयात र निर्यातको अवस्था सन्तुलन रहनुपर्ने सैद्धान्तिक मान्यता रहेको छ । आयातभन्दा निर्यात बढी भएमा देशको अर्थतन्त्र बलियो मानिन्छ । निर्यात कम भएमा देशको आन्तरिक बजार सशक्त नभएको चित्रित गरिँदै आएको देखिन्छ । नेपालमा वार्षिक कृषि, औद्योगिक, आन्तरिक उत्पादन–आपूर्ति र त्यसको आन्तरिकसहित बाह्य बजार विस्तारको अवस्था चाहिने जति […] The post नेपालको बाह्य व्यापार निराशाजनक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘अर्थतन्त्र थप बिग्रने ठाउँ छैन, अब सुधारतर्फ नै अघि बढ्ने हो’

अर्थतन्त्रमा पछिल्लो समय चरम निराशा देखिएको छ । आन्तरिक माग ठूलो मात्रामा घटेको छ । सरकारको राजस्व र पूँजीगत खर्च पनि निराशाजनक छ । गएको आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आवको तुलनामा राजस्व १० प्रतिशत कम उठ्यो, चालु आर्थिक वर्षको सुरुवातमा पनि राजस्व संकलनमा सुधार हुनसकेको छैन । तर, यो वर्षको पहिलो ५३ दिनमा पूँजीगत […]

चीनको अर्थतन्त्र निरन्तर ओरालोमा

बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालोमा लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ । मे महिनमा चीनको खुद्रा बिक्री तीन दशमलव एक प्रतिशतले बढ्यो जुन अघिल्लो महिना १२ दशमलव सात प्रतिशत थियो । औद्योगिक […]

चिनियाँ अर्थतन्त्र ओरालो लागेको सङ्केत

झेङझाउ, ४ साउन । बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ । मे महिनमा चीनको खुद्रा बिक्री तीन दशमलव एक प्रतिशतले बढ्यो जुन अघिल्लो महिना १२ दशमलव सात […]

अर्थतन्त्रको निराशाजनक वर्ष

विक्रम संवत् २०७९ लाई फर्केर हेर्दा मुलुकको अर्थतन्त्रका लागि अत्यन्तै निराशाजनक, संकटपूर्ण देखियो छ । २०७९ ले तीन÷तीनवटा अर्थमन्त्री पाए पनि अर्थतन्त्र संकटपूर्ण अवस्थामै बित्यो । उच्च मुद्रास्फीति, विदेशी सञ्चितिमा आएको गिरावट, तरलता अभाव, कर्जाको उच्च ब्याजदर, कमजोर पुँजीगत खर्च, बढ्दो बेरोजगारी, बढ्दो सार्वजनिक ऋण, घट्दो पुँजी बजारले गर्दा अर्थतन्त्रमा बहुआयमिक समस्या देखिए । कोभिड–१९ […] The post अर्थतन्त्रको निराशाजनक वर्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनौतीपूर्ण अर्थतन्त्र

अहिले चालू आर्थिक वर्षको १०औं महिना चलिरहेको अवस्था छ । यति बेला चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको समीक्षा गर्दै आगामी आर्थिक वर्षका निम्ति बजेट निर्माण गर्ने प्रक्रिया शुरू भइसकेको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा बजेट खर्च र सरकारी आम्दानीको स्थितिलाई हेर्दा तथ्यांक निराशाजनक देखिएको छ । सरकारले यस अवधिमा राजस्व संकलनलगायत […]

सरकारका कारण अर्थतन्त्र निराशाजनक : पूर्व अर्थमन्त्री पौडेल

२३ कात्तिक, बुटवल । नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारका कारण देशको अर्थतन्त्र निराशाजनक बनेको बताएका छन् । अर्थतन्त्रका धेरै सूचकांकहरु सकारात्मक नरहेको बताउँदै उनले महंगी, बेरोजगारी र तीब्र आर्थिक संकटले कतै पनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गरे । रुपन्देहीको सैनामैनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले राष्ट्र बैंकले हालै प्रकाशित गरेकोे […]

अर्थतन्त्रको वर्तमान तस्बिर र दलीय दायित्व

पछिल्ला आर्थिक परिसूचकांकहरूले अर्थतन्त्र संकटउन्मुख हँुदै गएको देखिन्छ । तर, सरकार तथा सरोकारवाला राजनीतिक दलहरू अर्थतन्त्रको निराशाजनक अवस्थाबीच आफ्नै लयमा हिँडिरहेका छन् ।चालू आर्थिक वर्ष २०७८÷०७९ को पछिल्लो साढे चार महिनाको राजस्व असुलीमा केही प्रगति भए पनि पुँजीगत खर्चको अवस्था निकै कमजोर छ । महालेखा परीक्षकको कार्यालयको पछिल्लो साढे चार महिनाको तथ्यांकअनुसार २६ अर्ब अर्थात् […]

निराशाजनक वैदेशिक लगानी

मुुलुकको आर्थिक समुन्नतिका लागि वैदेशिक लगानी भित्र्याउन उच्च प्राथमिकता दिइए पनि नेपालमा यस्तो लगानीको परिमाण अपेक्षा र प्रतिबद्धताको दाँजोमा निराशाजनक नै छ । विभिन्न सुधारात्मक कदम चालिए पनि त्यसले यो अवस्थामा खासै सुधार ल्याउन सकेको देखिँदैन । नेपालसरहका अन्य मुलुकले लगानी भित्र्याउन निकै सफलता पाए पनि यहाँ भने त्यस्तो अवस्था नदेखिनुमा विभिन्न कारण रहेका छन् । तिनको तथ्यपरक विश्लेषण गरी तिनमा ठोस सुधार ल्याउन आवश्यक देखिन्छ । विदेशी कम्पनीप्रति नेपालीहरूको नकारात्मक दृष्टिकोण र राजनीतिक अस्थिरतासमेत वास्तविक लगानी कम हुनुका कारक हुन् । २५ वर्षको अवधिमा नेपालमा खुद कुल वैदेशिक लगानी जम्मा रू. १ खर्ब १० अर्ब मात्रै भित्रिएको पाइन्छ । यो रकम विदेशी लगानी, लाभांश, शेयरविक्री तथा प्रोजेक्ट विक्रीबापतको रकम घटाएपछिको हो । लगानीकर्ताहरूले लगानीमा चासो देखाएको तथा प्रतिबद्धता व्यक्त गरेको कुल रकममध्ये ३४ दशमलव १ प्रतिशतमात्र लगानी भित्रिएको छ । लगानीको आशय व्यक्त गर्दैमा वा प्रतिबद्धता व्यक्त गर्दैमा लगानी आइहाल्दैन । त्यस्तै सबै लगानी एकैपटक भित्रिने पनि होइन । तैपनि कुल जीडीपीको १ प्रतिशतभन्दा पनि कम खुद वैदेशिक लगानी भित्रिनुले निराशाजनक तथ्यांकलाई नै पुष्टि गर्छ । चासो देखाएर पनि किन उनीहरू यहाँ लगानी ल्याउन चाहिरहेका छैनन् भन्नेमा नेपालले पर्याप्त अध्ययन र तिनबाट प्राप्त निष्कर्षअनुसार सुधार ल्याउन चुकेको देखिन्छ । यसको अर्थ नेपालले कुनै पनि सुधार गरेको छैन भन्ने होइन । धेरै पक्षमा सुधार गरेको छ । कानूनी र प्रशासनिक सुधारलगायत लगानीकर्ताका चासोलाई सम्बोधन गर्ने गरी अन्य सुधार पनि गरेको छ । तर, वैदेशिक लगानीका अन्य प्रतिस्पर्धीको दाँजोमा नेपालको सुधारको गति निकै ढिलो छ । नेपालले लगानी सम्मेलन गरेर लगानीयोग्य मुुलुक भएको सन्देश दिन प्रयास पनि गरेको हो । यसबाट सम्भावित लगानीकर्ता आकर्षित भएका पनि हुन् तर तिनले यहाँको कुन कुरा चित्त नबुझाएर लगानी गर्न हिचकिचाए भन्ने पक्ष थाहा पाउनु महत्त्वपूर्ण हुन्छ । नाफामा दृष्टिले नेपाल सम्भावनायुक्त क्षेत्र हो भन्ने त यहाँ लगानी ल्याएका डाबर नेपाल, युनिलिभर, भोटेकोशी आयोजना, एनसेल जस्ता कम्पनीले आर्जन गरेको मुनाफाबाट स्पष्ट नै देखिन्छ । तर, यी कम्पनीले जति नै मुनाफा गरे पनि थप लगानी किन ल्याएनन् अथवा मुनाफाको अंश नेपालमा किन लगानी गरेनन् भन्ने कुराको विश्लेषणले वैदेशिक लगानीको भित्री कथालाई बुझ्न मद्दत गर्छ । लगानीकर्ताले हेर्ने सबैभन्दा ठूलो कुरा भनेको लगानी फिर्ता, लाभांश आफ्नो देशमा लैजाने सहजता, व्यवसाय विस्तारको वातावरण, लगानीको सुरक्षा र जोखिमजस्ता विषय हुन् । नेपालको क्रेडिट रेटिङ भएको छैन । त्यसो हुँदा यहाँ लगानी गर्नु कत्तिको जोखिमपूर्ण छ भन्ने थाहा पाउन उनीहरूलाई गाह्रो हुन्छ । नेपालकै व्यवसायीहरूले आक्रामक लगानी विस्तार नगरेपछि उनीहरू हचकिनु स्वाभाविक हो । त्यस्तै राजनीतक प्रभुत्वका कारण व्यवसायमाथि हुन सक्ने हस्तक्षेप र दबाब पनि उनीहरूले राम्ररी विश्लेषण गर्छन् । विदेशी कम्पनीप्रति नेपालीहरूको नकारात्मक दृष्टिकोण र राजनीतिक अस्थिरतासमेत वास्तविक लगानी कम हुनुका कारक हुन् । नेपालले कस्तो लगानी स्वीकृत गर्ने भन्ने सम्बन्धी प्रावधान र सर्त पनि व्यावहारिक देखिँदैन । उदाहरणका लागि ५ करोडभन्दा कम रकमको लगानी ल्याउन नपाइने व्यवस्था छ । क्षेत्रगत आधारमा आफ्नो स्वार्थअनुसार लगानीमा कडाइ गर्नु उपयुक्त हो तर यसरी रकम तोक्नुचाहिँ अनुपयुक्त देखिन्छ । प्रतिस्पर्धाका लागि यस्तो लगानी नरोक्नु तर्कसंगत देखिन्छ । साथै, सुरूमा सानो रकम आए पनि पछि ठूलो रकम आउने सम्भावना हुन्छ । अमेरिकाजस्तो ठूलो अर्थतन्त्र भएको मुलुकले २०१९ सम्म ५ लाख डलर लगानी ल्याउनेलाई ग्रीनकार्डको व्यवस्था गरेको थियो । यसमा रोजगारी सृजना र अन्य केही प्रावधान पनि थिए । अहिले यस सीमालाई ९ लाख डलर पुर्‍याइएको छ । यस्तोमा नेपालजस्तो सानो अर्थतन्त्र र बजार भएको मुलुकले रकमको सीमा तोक्नु उपयुक्त मान्न सकिँदैन ।