लुम्बिनीमा दुई मन्त्री थप, आइतवार शपथ

काठमाडाैँ : लुम्बिनी प्रदेश सरकारले दुई मन्त्री थप गर्ने भएको छ। मन्त्रीको नाम टुंगो लागिसकेको र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ। प्युठानबाट सांसद बनेका कांग्रेसका सरोज थापा र बाँकेबाट सांसद बनेकी माओवादीकी कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए। दुबैजनालाई आइतबार  शपथग्रहण गराइने कार्यक्रम तय भएको छ। केसीलाई खानेपानी र थापालाई पर्यटनमन्त्री बनाइने भएको छ।  

सम्बन्धित सामग्री

बाग्मतीमा मन्त्री थप्ने तयारी, संसदीय दलका नेता अपहरणमा परेको हानेपाको दाबी

काठमाडौं । बागमतीमा सरकार विस्तारको तयारी गरिएको छ । हाम्रो नेपाली पार्टीबाट मन्त्री थप गरेर सरकार विस्तारको तयारी गरिएको सरकार निकट स्रोतले जनाएको छ । बहुमत पुर्‍याउनका लागि आजै मन्त्रीको शपथ गराउने तयारी पनि भएको छ । यता, हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेशका संसदीय दलका नेता अपहरणमा परेको दाबी गरेको छ । पार्टीले […]

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा नाउपाका ३ मन्त्री थप, राति नै शपथ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेका छन् ।

कर्णाली : कांग्रेसका ३ मन्त्रीले लिए शपथ, मन्त्रालय फुटाएर एक मन्त्री थप

कर्णाली प्रदेशमा नवनियुक्त नेपाली कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन् ।

बागमती प्रदेश सरकार विस्तारकाे तयारी - साँझ ५ बजे शपथ

बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारकाे तयारी गरेको छ  । माओवादी केन्द्र, कांग्रेससहितका मन्त्री थप गर्ने तयारीमा मुख्यमन्त्री राजेन्द्र पाण्डे छन् ।

वाग्मतीमा मन्त्रिपरिषद् विस्तार

मकवानपुर – वाग्मती प्रदेशमा थप दुई जना मन्त्रीले नियुक्ति लिएसँगै शपथ ग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुई जना मन्त्री थप गर्नुभएको हो । कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएका पाण्डेले आज बिहीवार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । बेलुकी ५ बजेका लागि प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्ने भनिए पनि वाग्मती प्रदेशमा चार दलको गठबन्धन दलभित्र कुरा न...

मन्त्रिपरिषद् विस्तार तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌ विस्तार तयारी गरेका छन्।प्रधानमन्त्रीले आज केही मन्त्री थप गर्न लागेका बालुवाटार स्रोतले जानकारी दिएको छ। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्‌लाई हालसम्म ६ सदस्यीय मात्रै बनाउन सकेका छन्‌।देउवाले २९ गते आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए। मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल गर्न म

गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा मन्त्री बन्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ७ मन्त्रालयमा बिहीवार मन्त्री थप गर्दैछन् । एमाले उच्च स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापा नियुक्त हुदैछिन् । वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त हुँदैछन् । उनीहरुको शपथ ४ बजेका लागि तय भएको बालुवाटार स्रोतले बतायो ।

ओली क्याबिनेटका मन्त्री : कोही मन नपरेर फालिए, कोही आफ्नै बोलीको शिकार बने

काठमाडौं : दुई वर्षअघि २०७४ फागुन ३ केपी ओली प्रधानमन्त्री नियुक्त भए। सुरुवातमा आफूसँगै दुई मन्त्रीको शपथ गराएका ओलीले क्रमशः मन्त्री थप गर्दै लगे। सत्ता साझेदार दलहरुबाट पनि मन्त्री थपिए। दुई वर्षमा धेरै मन्त्री चर्चित बने। केहीले काम नगरेको भन्दै जनताले 'नोट' गरे। केही गुमनाम नै रहे। दुई वर्षमा ओली

मन्त्रिपरिषद् विस्तार,थपिए ४ मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको शपथ लिएलगत्तै पहिलो पटक एमालेबाटै २ मन्त्री बनाएका ओलीले सोमबार अरु ४ मन्त्री थप गरेका हुन् । यसपटकको विस्तारमा भने नेकपा माओवादी केन्द्रबाट पनि २ जना सरकारमा सहभागी भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको उपस्थितिमा नवनियुक्त ४ मन्त्रीलाई सोमबार पद तथा गोपनियताको शपथ खुवाइन् ।