काठमाडौं : १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। गणपूरक संख्या पुगेपछि सभामुख अग्नि सापकोटाले बैठक अघि बढाएका हुन्। पहिलो बैठकमा गणपूरक संख्या पुग्न ६९ सांसद हुनुपर्नेमा ६५ जनामात्रै उपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो। १५ मिनेट स्थगित भएर बसेको दोस्रो बैठक पनि सुरु हुनेबित्तिकै सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै प्रश्न उठाएका थिए। त्यसपछि सभामुख सापकोटाले गणपूरक संख्या यकिन गर्नका लागि ३ मिनेट घण्टी बजाउन सचिवालयलाई