ए डिभिजन लिग सकियो, आर्मी उपविजेता र एनआरटी तेस्रो

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सकिएको छ । आज भएका अन्तिम खेलको नतिजापछि त्रिभुवन आर्मी क्लब दोस्रो तथा न्यूरोड टिम एनआरटी तेस्रो भएको छ । मछिन्द्र क्लबले यसअघि नै उपाधि जितेको थियो ।

सम्बन्धित सामग्री

सहिद स्मारक ए डिभिजन लिग फुटबल : जावलाखेल र आर्मी विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो । यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो …

‘ए’ डिभिजन लिग अन्तिम चरणमा

सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारबाट १३ औं तथा अन्तिम चरणका खेल हुँदै छन् । आगामी चरणका खेलपछि सहिद स्मारक ए डिभिजन लिग समापन हुनेछ । जसमा मच्छिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरिसकेको छ भने शीर्ष चारभित्र अटाएका टोलीत्रय त्रिभुवन आर्मी फुटबल, न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङ्दी फुटबल क्लबबीच शीर्ष दुईका लागि रोमाञ्चक होड […]

'ए' डिभिजन लिग : आर्मीले एनआरटीलाई १–० गाेलले हरायाे

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले हराएको हो । आर्मीका लागि दिनेश हेन्जनले १७औँ मिनेटमा गोल गरे । आजको जितसँगै आर्मीले ८ खेलमा १४ अङ्क जोडेको छ । आर्मी लिगको चौथो स्थानमा रहेको छ । एनआरटी आठ खेलमा १० अङ्क जोडेर सातौँ स्थानमा छ ।

फ्रेन्ड्सलाई हराउँदै एनआरटी पाँचौं स्थानमा उक्लियो, एपीएफसँग आर्मी बराबरीमा

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टीम (एनआरटी) पाँचौं स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौँ चरणको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-२ ले पराजित गर्दै एनआरटी लिगको पाँचौं स्थानमा उक्लिएको हो। यससँगै फ्रेन्ड्स ३ अंकका साथ लिग अंक तालिकाको पुछारमा रहँदा एनआरटीको १० अंक छ। शुक्रबारै भएको अर्को खेलमा विभागीय प्रतिद्वन्द्वी […]

'ए' डिभिजन लिग : त्रिभुवन आर्मी र एपीएफ तथा फ्रेन्ड्स र एनआरटी खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजदेखि सातौँ चरणका खेलहरु हुँदैछन् ।  आज त्रिभुवन आर्मी र एपीएफ क्लब  तथा फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्दै छन् । खेल दशरथ रङ्गशालामा हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने छन् । यस्तै, आजै हुने अर्को खेलमा बेलुका पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्ने छन् ।

ए डिभिजन लिग : मछिन्द्र र आर्मी भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्। दशरथ रंगशालामा गत सिजनको च्याम्पियन मछिन्द्र क्लब साविक उपविजेता त्रिभुवन आर्मी क्बल आमनेसामने हुँदैछन्। खेल अपराह्न पौने ५ बजे हुनेछ।यस्तै‚ ब्रिगेड ब्वाइज क्लब र एनआरटी क्लबबीच दिउँसो १ बजे खेल हुनेछन्। पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३-२ ले पराजित गर्दै सुखद् सुरूवात गरेको थियो। एनआरटी भने लिगमा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा एनआरटी साविक च्याम्पियन मछिन्द्र एफसीसँग २-१ ले पराजित भएको थियो।जारी सिजन पनि उपाधि

ए डिभिजन लिग : मछिन्द्रको विजयी सुरुआत, आर्मी र पुलिस बराबरीमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब १-१ गोलको बराबरी खेलेका छन्।तर, लिगको साविक विजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गरेको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।तर त्यसको १० मिनेट नबित्दै आर्मीका विवेक बस्नेतले गोल फर्काउँदै आफ्नो टोलीलाई बराबरीमा ल्याएका थिए।बाँकी समयमा दुवै टोलीले गोल गर

ए डिभिजन लिग–पुलिस र आर्मी बराबरीमा रोकिए, मछिन्द्रको विजयी सुरुआत

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा साविक विजेता मछिन्द्रले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको १० मिनेट नबित्दै आर्मीका बिबेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको

ए डिभिजन : आज मछिन्द्रले एनआरटीसँग खेल्दै, पुलिस र आर्मी भिड्ने

६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ अन्तर्गत आज पहिलो चरणको अन्तिम दुई खेल हुँदैछन् । डिफेण्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) खेल्दा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । दिनको पहिलो खेल आर्मी र र पुलिसबीच दिउँसो एक बजे दशरथ रंगशालमा सुरु हुनेछ । साविक […]

'ए' डिभिजन लिग - मनाङले जावलाखेललाई हरायो

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।दशरथ रङ्गशालामा आज आइतवार भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।भोलि साेमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटी...