सार्वजनिक हुनुअघि प्रधानमन्त्रीलाई भेट्न विप्लव सिधै बालुवाटार

भूमिगत क्रियाकलाप सञ्चालन गर्दै आइरहेको नेकपा (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।नवलपरासीबाट काठमाडौं आएका विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न शुरूमै बालुवाटार जान लागेका हुन् । सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा ...

सम्बन्धित सामग्री

ओलीलाई भेट्न बालकोट पुगे विप्लव र प्रकाण्ड

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन्।भेटका क्रममा समसामयिक राजनीतिका साथै एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायत विषयमा कुराकानी भएको बताइएको छ।

एमसीसीविरुद्व मोर्चा बनाउँदै विप्लव, भीम रावल भेट्न टोखा पुगे

काठमाडौं, फागुन १९ । नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। नेता रावलको निवास टोखामा आज बिहान उनीहरुबीच भेटघाट भएको हो। महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ रावललाई भेट्न टोखा पुगेका हुन् । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल […]

कमल थापा भेट्न बूढानीलकण्ठ पुगे विप्लव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच शुक्रबार भेटवार्ता भएको छ । थापालाई भेट्न विप्लव शुक्रबार बिहान थापा निवास बूढानीलकण्ठ पुगेका छन् । भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको भेटमा सहभागी नेता बुद्धिमान तामाङले रातोपाटीलाई जानकारी दिए । बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले पनि विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताएका छन् ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् । आजै पार्टी

ओली भेट्न बालकोट जाँदै विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट जाँदैछन् । भूमिगत रहेका विप्लव ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा फर्किएका थिए । यद्यपि, आफूसँग गरिएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन नभएको विप्लवको गुनासो रहेको छ ।पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारी

माधव नेपाल भेट्न कोटेश्वर पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता नेपाललाई भेट्न विप्लव कोटेश्वरस्थित निवास पुगेका हुन् । विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । सो क्रममा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयबस्तुमा केन्दीत रहेर छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ । यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्त

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विप्लव

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकार परिवर्तन लगत्तै सत्तारुढ दलसँग भेटघाट तीव्र बनाएका छन्।हिजो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्न पुगेका विप्लव र धर्मेन्द्र बाँस्तोलाले आज एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका हुन्। नेपाललाई भेट्न दुई नेता आज बिहान कोटेश्वर पुगेका थिए।दुई वर्षसम्म प्रतिबन्ध भोगेपछि नेकपा अहिले खुला राजनीतिमा छ। सम्झौता पूरा नगरेको भन्दै सो पार्टी केपी शर्म

प्रचण्ड भेट्न खुमलटार पुगे विप्लव

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका थिए। ओली सरकारसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ। प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

प्रचण्डलाई भेट्न खुमलटार पुगे विप्लव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द’विप्लव’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका छन्। माओवादी र नेपाली कांग्रससहितको सरकार बनेको भोलिपल्ट विप्लवले प्रचण्डलाई भेटेका हुन्। यसअघि शान्ति प्रकृयामा आएपछि विप्लवले प्रचण्डको लगातार आलोचना गर्दै आएका थिए।  विप्लव, प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा माओ‌वादीमा विद्रोह गरि अलग भएका थिए। केपी ओली सरकारसँग […]

पार्टीका नेताहरूसँग छलफलपछि ओलीलाई भेट्न बालुवाटार छिरे विप्लव

भूमिगत क्रियाकलाप सञ्चालन गरिरहेको नेकपा (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न बालुवाटार प्रवेश गरेका छन् । नवलपरासीबाट काठमाडौं आएका विप्लव पार्टीका नेताहरूसँग आन्तरिक छलफलपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो । सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा देखिन लागेका छन् । त्यसका लागि राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम राखिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री ओलीसँगै विप्लवले पनि सम्बोधन गर्नेछन् । गृहम...