काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ।बरालको आज विहान १० बजे महाराजगञ्जस्थित निवासमा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। उनको आजै दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने कुँवरको भनाइ छ। विसं १९८५ साल वैशाख ५ मा हालको पूर्वी नवलपरासी देवचुलीमा उनको जन्म भएको थियो। उनी २०२९ देखि २०३५ सालसम्म नेपाल प्रहरी महानिरीक्षक बनेका थिए।उनी २०३६ देखि २०४२ सालसम्म म्यान्मारका लागि आवासी नेपाली राजदूत भएका थिए। यसका अतिरिक्त उनले इ