आफ्नै ठूलोबुबाको घरमा गोली प्रहार गरेर रकम माग्ने तीन युवकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने हेटौंडा उपमहानगरपालिका-९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत शनिबार सार्वजनिक गरेको छ ।