सिमकोट – चंखेली गाउँपालिकाको पिप्लाङमा भएको आगलागी पीडितलाई कर्णाली सरकारले राहत उपलब्ध गराएको छ। गाउँपालिकाको पहलमा आगलागी पीडितलाई राहत दिइएको हो। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट लाखौँ रकम बराबरको राहत सामग्री अग्निपीडितलाई सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले मुख्यमन्त्रीसँग समन्वय गरेर मझौला टेण्ट चार थान, चाइनिज टेण्ट एक थान, कम्बल १२ […]