बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा...
२८ फागुन, वीरगञ्ज । उद्योगी व्यवसायीले बैंकले दिने ऋणको ब्याजदर एकल अंकको हुनुपर्ने बताएका छन् । उनीहरुले ७ प्रतिशत ब्याजदर हुँदा ऋण लिएर सुरु गरेको उद्योगले १४ प्रतिशत ब्याज तिर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्ने उद्योगी व्यवसायीले व्यापार व्यवसाय समेत खस्केको गुनासो […]
यतिबेला देशभरका उद्योगी व्यवसायी बैंकविरुद्ध आन्दोलनमा छन् । कर्जाको ब्याजदर बढी भयो भनेर कर्णाली प्रदेशका उद्योगी व्यवसायीहरूले सुरू गरेको बैंकविरुद्धको आन्दोलन देशैभर फैलिसकेको छ । बैंकहरूले चर्को नाफा राखेर कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याएको भन्दै उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।सुर्खेत उद्योग वाणिज्य संघले एक महिना अघिदेखि सुरू गरेको बैंकविरुद्धको आन्दोलनमा मोरङ र सुनसरी तथा भक्तपुरका उद्योगीले समेत साथ दिइसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र ने
१३ चैत, काठमाडौं । सर्वसाधारणले बैंकबाट पाउने अर्थात निक्षेपको ब्याजदर प्रत्येक महिना घटबढ हुन्छ । तर सर्वसाधारणले बैंकलाई तिर्नुपर्ने अर्थात ऋणको ब्याजदर भने तीन–तीन महिनामा मात्रै घटबढ हुन्छ । पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ । चालु […]
काठमाडौं । निक्षेपको ब्याजदर बढेपछि ऋणको ब्याजदर पनि बढ्दै गएको छ । तरलता अभाव भएसँगै बैकहरूले महँगो ब्याजदरमा निक्षेप संकलन गरिरहेका छन् । वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपको ब्याजदर बढेसँगै आधारदर र कर्जाको ब्याजदरमा पनि प्रत्यक्ष प्रभाव देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार १ वर्षको अन्तरालमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने ऋणको ब्याजदर शून्य दशमलव ३५ विन्दुले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ को पुुस महीनामा ऋणको भारित औसत ब्याजदर ९ दशमलव शून्य ९ प्रतिशत थियो । चालू आवको सोही अवधिमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने ऋणको भारित औसत ब्याजदर ९ दशमलव ४४ प्रतिशत पुगेको छ ।
गतवर्ष कोरोना काल भएका कारण कर्जाको माग कम थियो । चालू आवमा व्यापार व्यवसाय खुलेसँगै कर्जाको माग बढ्न थाल्यो । यसरी कर्जाको माग बढ्दै गएपछि बैंकहरूको ब्याजदरमा पनि वृद्धि भएको छ ।
ब्याजदर बढ्दा वित्तीय स्थायित्वमा महŒवपूर्ण सहयोग पुग्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । ब्याजदर बढ्दा उद्योग तथा व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव परे पनि व्यापारघाटा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।
‘निक्षेपको ब्याजदर बढ्दा कस्ट अफ फन्ड बढेसँगै उद्योग व्यवसायमा जाने कर्जा पनि महँगो हुन जान्छ । तर, चाहिने जति ब्याजदर बढेन भने व्यापारघाटा न्यूनीकरण हुँदैन,’ उनले भने ।
ब्याजदर बढ्यो भने पूँजी पलायन रोकिने थापाको भनाइ छ । उनका अनुसार नेपालमा थोरै ब्याजदर हुँदा पूँजी पलायन हुने गरेको छ । पूँजी पलायन रोक्नका लागि पनि बैंकको ब्याजदर बढ्न आवश्यक हुने थापाले बताए ।
वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर पनि १ वर्षको अन्तरालमा भारित औसत ब्याजदर १ दशमलव ३७ विन्दुले वृद्धि भएको छ । गत आवको पुस महीनामा निक्षेपको ब्याजदर ५ प्रतिशत थियो । चालू आवको पुसमा वृद्धि भएर निक्षेपको ब्याजदर ६ दशमलव ३७ प्रतिशत कायम भएको छ ।
निक्षेप ब्याजदर बढेसँगै बैंकहरूको आधारदर पनि बढेको छ । गत आवको पुसको तुलनमामा चालू आवको पुसमा वाणिज्य बैंकहरूको आधारदर १ दशमलव २५ विन्दुले वृद्धि भएको छ ।
एक वर्षको तथ्यांक हेर्दा गत आवको असारमा बैंकहरूको ब्याजदर सबैभन्दा न्यून थियो । असारमा निक्षेपको ब्याजदर ४ दशमलव ६५ प्रतिशत थियो भने कर्जाको ब्याजदर ८ दशमलव ४३ प्रतिशत थियो । त्यस्तै वाणिज्य बैंकहरूको औसत ब्याजदरको आधारदर ६ दशमलव ८६ प्रतिशत थियो ।
१८ पुस, काठमाडौं । सहकारी संस्थाहरुले प्रवाह गर्ने ऋणको ब्याजदर बढाउन सहकारी सञ्चालकहरुले दवाव दिन थालेका छन् । दशैंतिहार सकिए लगत्तै सहकारी सञ्चालकहरले विभागलाई सहकारीको ब्याजदर १७ प्रतिशत पुर्याउन दबाब दिइरहेका छन् । विभागले नै सहकारीकर्मीहरुको दवावमा ब्याजदर बढाउन गृहकार्य शुरु गरेका छन् । अहिले सहकारी संस्थाहरुले ऋणमा १४.७५ प्रतिशत ब्याजदर र बढीमा थप १ […]
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैङ्कको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रवार एक विज्ञप्ति जारी गरी बैङ्क तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गरेका हुन् । ‘बैङ्कको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न […]
काठमाडौं, असोज १। ऋणको ब्याजदर एकल अंकमा झार्नुपर्छ भनेर बहस भइरहेका बेला मुद्दती निक्षेप (फिक्स डिपोजिट) को ब्याजदर नै दोहोरो अंकमा पुगेको छ । २७ ओटै वाणिज्य बैंकहरूले बिहीवार छुट्टाछुट्टै सूचना जारी गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । त्यसमा केही बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्याएका छन् । अधिकांश बैंकको मुद्दती निक्षेपको […]
बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको हो । नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले बैंकमा तरलता अधिक रहेकाले अझै ब्याजदर घट्ने बताए । उनका अनुसार यो वर्ष निक्षेपमा १ प्रतिशत र कर्जामा झण्ढै डेढ प्रतिशत ब्याजदर घटेको छ ।हाल बैंक तथा वित्ति