काभ्रे जिल्लामा पनि निषेध आदेश जारी

जिल्लामा कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि उपत्यकासँग सीमा जोडिएको जिल्ला काभ्रेका केही स्थानमा निषेध आदेश जारी गरिएको छ । जिल्लामा दैनिक ५० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार राति १२ बजेबाट लागू हुने गरी ती स्थानमा निषेध आदेश जारी गरेको हो ।

सम्बन्धित सामग्री

धादिङ जिल्लामा लगातार एक महिना बजार अनुगमन

कोरोना भाइरसको संक्रमण फैलन नदिन गरेको निषेधाज्ञाका बीच पनि धादिङ जिल्लामा लगातार एक महिना बजार अनुगमन गरेको छ ।कोरोना महामारीको जोखिम रोकथाम, नियन्त्रण, र उपचार व्यवस्थालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएसँगै उपभोक्ता र आम नागरिकबाट दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको, म्याद गुज्रिएका सामग्री बिक्री बढेको गुनासो आएपछि अनुगमन सुरू गरेको जिल्ला […]

७१ जिल्लामा लगाइयो निषेधाज्ञा (सूचीसहित)

काठमाडौं : कोरोना संक्रमणको महामारी बढ्दै जाँदा त्यसको रोकथाम लागि निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ७१ पुगेको छ। मंगलबार बिहान १० बजेसम्म ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ। अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा र केही जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो पटक लमजुङमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ। हेर्नुहोस् कुन जिल्लामा लगाइयो निषेध आदेश

५१ जिल्लामा लाग्यो निषेधाज्ञा (सूचीसहित)

काठमाडौं : कोरोना भाइरसको दोस्रो लहर फैलिँदै जाँदा गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएकाे जनाएकाे छ। मन्त्रालयले  मंगलबार साँझ ८ बजे जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरेकाे जनाएकाे छ।  तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको जनाएको छ। गृह प्रवक्ता जनकराज दाहालका अनुसार काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय जना सङ्क्रमित भेटिएमा निषेधाज्ञ

हालसम्म कुन-कुन जिल्लामा निषेधाज्ञा ?

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेध आदेश जारी गरिएका जिल्लाको संख्या ४६ पुगेको छ। यीमध्ये बाँके, सुर्खेत, कास्की, कैलालीमा निषेधाज्ञाको अवधि थप गरिएको गृह मन्त्रालयले जनाएको छ। यस्तै, काठमाडौं उपत्यकासहित पर्सा र सुनसरीमा पनि लम्ब्याइँदै छ। मन्त्रालयका अनुसार बागलुङ, नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासीपूर्व गरी ८ जिल्लामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। महोत्तरी, रोल्पा र बाजुरामा बुधबारदेखि निषेध आदेश लागू हुने मन्त्रालयले मंगलबार बिहान १० बजेसम्म अपडेट गरेको तथ्यांकमा छ...

देशभर ३१ जिल्लामा निषेधाज्ञा, २३ मा पूर्ण र आठमा आंशिक

कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न ३१ जिल्लामा निषेधाज्ञाको घोषणा भएकाे छ । आइतबार गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेध आदेश जारी भएको जिल्लाहरुको विवरण सार्वजनिक गर्दै आठ जिल्लामा आंशिक र बाँकिमा पूर्ण निषेधाज्ञा गरिएको जनाएको छ ।

३० जिल्लामा लगाइयाे निषेधाज्ञा (नामसहित)

काठमाडौं : कोरोना महामारीले विकराल रुप लिँदै जाँदा देशभरका अधिकांश जिल्लाले निषेधाज्ञा जारी गरेका छन्। गृह मन्त्रालयले शनिबार साँझसम्ममा २९ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ। यस्तै मकवानपुरले पनि आज रातिदेखि जिल्लाका केही ठाउँमा निषेध आदेश जारी गरेको छ। गृह मन्त्रालयका अनुसार २३ वटा जिल्लामा  पूर्ण र ७ जिल्लामा  आंशिक निषेधाज्ञा जारी भएको छ।  निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आइतबारदेखि लागू हुनेछ।  मोरङ, द

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयको अनुरोध

कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले बिहीवार एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथामका लागि निषेध आदेश जारी भएका जिल्लामा आदेशको पूर्ण पालना गर्न अनुरोध गरिएका छन् । ‘प्रमुख जिल्ला अधिकारीहरूबाट जारी निषेध आदेशको पूर्ण रूपमा पालना गरी संक्रमण फैलन नदिन सरकारको तर्फबाट गरिएको प्रयासमा सम्बद्ध सबै पक्षबाट पूर्ण सहयोग हुनेछ भन्ने अपेक्षासहित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ,’ विज्...

गृह मन्त्रालयको चेतावनी : अति आवश्यक नपरी घरबाहिर ननिस्कनु

काठमाडौ । गृह मन्त्रालयले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको कार्यान्वयनका लागि थप कडाई गर्ने भएको छ । बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणलाई भनेको छ । काठमाडौ उपत्यका सहित मुलुकका १३ जिल्लामा बैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको छ ।