प्रभावकारी ढंगले सदन अघि बढाउँछु : उपसभामुख भुसाल

काठमाडौँ : नवनिर्वाचित प्रतिनिधिकी उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताएकी छन्।शीतल निवासमा आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उनले यस्तो बताएकी हुन्। ‘संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारवाही अघि बढाउनेछु र सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मेरो प्रयास रहन्छ‚’ उनले भनिन्। प्रतिनिधिसभाको ५ वर्षको कार्यकाल स

सम्बन्धित सामग्री

को बन्ला कर्णालीको उपसभामुख ?

सुर्खेत । कर्णालीमा उपसभामुख चयनका लागि छलफल गरिँदैछ । तर नेकपा (माओवादी केन्द्र)को भागमा परेको उपसभामुख पदमा को उम्मेदवार बन्छन् भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन ।  नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बन्दा उपसभामुख पनि महिलालाई बनाइएको

उपसभामुख भुसाललाई मातृशोक

काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको शनिबार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो। दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुनुहुन्छ। उनको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

उपसभामुख भुसालले लिइन् शपथ

काठमाडौं : उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपसभामुख पुष्पा भुसाललाई शपथ गराएका हुन्। शुक्रबार भएको उपसभामुख निर्वाचनमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी भुसाल निर्वाचित भएकी थिइन्।

उपसभामुख छान्न संसद बैठक सुरु

काठमाडौँ – उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ। रिक्त रहेको ३० महिनापछि शुक्रबार संसदले उपसभामुख पाउँदैछ। उपसभामुखका लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र विपक्षी एमालेकी विद्या भट्टराईको उम्मेद्वारी परेको छ। उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने भएकाले कार्यकाल सकिने बेलामा उपसभामुख नियुक्त हुन लागेको हो। गठबन्धनसँग बहुमत भएकाले भुसाल उपसभामुखमा निर्वाचित हुने निश्चित छ।

उपसभामुख पदमा पुष्पा भुसालको मनोनयन दर्ता

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खालि छ।

यस्तो छ उपसभामुख निर्वाचनको कार्यसूची (सूचनासहित)

काठमाडौं : प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार बिहीबार मनोनयन र शुक्रबार निर्वाचन हुनेछ।  तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख खाली थियो। संघीय संसद्‌को उपसभामुखकाे निर्वाचन शुक्रबार, कसले मार्ला बाजी?नेपालको संविधानको धारा ९० को उपधारा (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधि सभाको सभामु

उपसभामुख चयनको लागि सभामुखले मिति तोक्दै

काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुख पदका लागि चुनाव हुने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदको निर्वाचन मिति र समय तोक्ने जनाइएको छ। २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ । सभामुख र उपसभामुख एउटै दलले लिन नपाउने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको […]

उपसभामुख चयन छिट्टै हुन्छ : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले छिट्टै नै उपसभामुख चयन गर्ने बताएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठकका बीचमा पत्रकारसित कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले उपसभामुख नहुँदा संवैधानिक परिषद्को विषयमा प्राविधिक समस्या आएको बताए । उनले त्यो समस्या समाधानका लागि पनि छिट्टै उपसभामुखको चुनाव गर्नु पर्ने बताए । उनले उपसभामुख नभएको र संवैधानिक परिषद्को […]

‘उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ’ : सांसद सिंह

काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले उपसभामुख नचाहिए यो पद नै खारेज गर्नुपर्ने बताएका हुन् ।  उनले भने, ‘कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजेका छौँ ? उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ । चाहियो भने उपसभामुखको निर्वाचन किन भएन ?’। […]

गण्डकी प्रदेशसभाका उपसभामुख शर्मा घाइते

गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्मा घाइते भएकी छन् । पोखरा महानगरपालिका –२१ स्थित फोक्सिङमा निर्माणाधीन ढलान बाटोको अनुगमन गर्ने क्रममा अचानक ढलान पाइप उछिट्टिएर लाग्दा उपसभामुख शर्मा घाइते भएकी हुन् ।ढलान बाटो अनुगमनका क्रममा उपसभामुख शर्मासहित बाटो उपभोक्ता समितिका अध्यक्ष गौतम रसाइली पनि घाइते भएको उपसभामुख शर्माका स्वकीय सचिव  प्रकाश शर्माले जानकारी दिए । पाइप उछिट्टिएर घाइते भएका उपसभामुख शर्मा र रसाइलीलाई दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा ल्याइएको थियो ।उ