उदयपुर। उदयपुरमा मलद्वारमा प्रतिबन्धित लागुऔषधजस्तो देखिने पदार्थ लुकाएर ल्याएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–४ लालबजारस्थित यात्रुवाहक बसबाट बेलका नगरपालिका–५ घुम्ने निवासी ३० वर्षीय प्रदीप बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बिहीबार साँझ करिब ६ः३० बजे बसमा सवार बस्नेतमाथि प्रतिबन्धित वस्तु लुकाएर ल्याएको आशंका भएपछि इलाका प्रहरी कार्यालय रामपुर […]
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनलाई संसद्को सङ्ख्यात्मक समीकरण वा सत्ता र प्रतिपक्षको चाहनामा मात्र सीमित गर्न नहुने बताएका छन्। संशोधन राष्ट्रिय एकता र नागरिकको भावनासँग जोडिएको विषय भएकाले व्यापक चिन्तन आवश्यक रहेको उनको भनाइ छ। काठमाडौँको खुलामञ्चमा आयोजित काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै शर्माले सरकारले संविधान संशोधनको प्रक्रिया व्यवस्थित र […]
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको खुलामञ्चस्थित मञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेसको साङ्गठनिक निष्ठा र अवसरको वितरणमा देखिएको विचलनमाथि प्रश्न उठाए। “कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला,” मञ्चमा रहेका कांग्रेस शीर्ष नेतृत्वतर्फ लक्षित गर्दै उनले भने, “दुर्गम र पछाडि परेका व्यक्तिलाई अगाडि ल्याउन अवसर दिएको […]
डब्लूएचओका अनुसार ठूला कार्यक्रमका सहभागी, दर्शक, स्वयंसेवक तथा कर्मचारीमा गर्मीका कारण हुने स्वास्थ्य समस्या पछिल्लो समय महत्वपूर्ण जनस्वास्थ्य र व्यवस्थापकीय जोखिम बन्दै गएको छ। समयमै जोखिम पहिचान, तयारी र उपचारको व्यवस्था गर्न सके यस्ता अधिकांश समस्या कार्यक्रमस्थलमै रोकथाम तथा उपचार गर्न सकिने डब्लूएचओले जनाएको छ।