काठमाडौं : नेकपा माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार राख्ने कि अविश्वासको प्रस्ताव गर्ने? भनेर प्रश्न गरेको छ।
माओवादीको अनौपचारिक स्थायी कमिटीको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने, ‘हामीले औपचारिक रुपमा हाम्रो पार्टीको यो सरकार समर्थन छैन भनेर लेखेर दिने प्राविधिक कुराका कारणले नेपाली कांग्रेस र जसपाले निर्णय नगरेको भन्ने कुरा सत्य होइन। नेपाली कांग्रेस र जसपाले आफ्नै दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्यो सरकारलाई राख्ने कि अविश्वासको ...